घेदुङद्वारा मन्त्री लामालाई सम्मान
माघ १८, २०७७, आइतबार | विहान ०६:१४ बजे | 35
नेपाल तामाङ घेदुङद्वारा युवा तथा खेलकुद मन्त्री एवं घेदुङका सल्लाहकार दावा लामा तामाङलाई बधाई तथा सम्मान गरेको छ । शनिबार तामाङ घेदुङ संघीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेका हुन ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले ल्होछार विदाको लागि घेदुङले आधिकारिक निवेदनका साथ अनुरोध गर्द आग्रह गरेका छन् । ‘अर्काे पटक घेदुङको आफ्नै भवनमा ल्होछार मनाउन पाओस ।’ मन्त्री लामाले भने, ‘त्यसको लागि घेदुङले चाँडै भवन निर्माण अग्रसर हुनपर्छ ।’
कार्यक्रममा घेदुङका अध्यक्ष मोहन गोलेले हामीले चाँडै नेपाल टेलिभिजनमार्फत तामाङ भाषाको कार्यक्रम चलाउने जानकारी दिए । उनले मन्त्री लामा निडर र स्पष्ट स्वभावको रहेको प्रशंसा गरे ।
मन्त्री लामाले १५ वर्षदेखि राजनीतिक यात्रा सुरु गरेका थिए ।