भक्तपुरमा जिल्ला स्क्र्याबल च्याम्पियनसिप सम्पन्न


भदौ २१, २०८२, शनिबार | राति ०७:०८ बजे | 225


भक्तपुरमा जिल्ला स्क्र्याबल च्याम्पियनसिप सम्पन्न

मध्यपुर ठिमी भक्तपुर
विद्यार्थीहरूमा अङ्ग्रेजी भाषाको ज्ञानको क्षितिजलाई फराकिलो बनाउने तथा खेलको माध्यमबाट creative, collaborative एवं critical thinkingमा अब्बल बनाउने उद्देश्य राखी यही २०८२ भाद्र २० गते पाँचौं जिल्ला स्क्र्याबल च्याम्पियनसिपको आयोजना गरियो। भक्तपुर जिल्लाका १७ सदस्य विद्यालयहरूमध्ये ११ वटा विद्यालयका २२ जना विद्यार्थीहरु प्रत्यक्ष सहभागी भई नवरत्न लाइफ  स्कुलले आयोजना गरेको उक्त प्रतियोगितामा सहभागी भएका थिए। आयोजक विद्यालयका सहायक प्रिन्सिपल नरेन्द्र श्रेष्ठको सभापतित्व र प्याब्सन मध्यपुरका उपाध्यक्ष एवं लर्डबुद्ध इङ्लिस स्कुलका प्रिन्सिपल श्री बुद्ध बाडेको प्रमुख अतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा स्क्र्याबल क्लब अफ  भक्तपुरका जिल्ला संयोजक प्रेमप्रसाद निरौला, नवरत्न लाइफ स्कुलका संस्थापक प्रिन्सिपल सुरेन्द्र तबुन्जा श्रेष्ठ, एडभान्स एकेडेमीका प्रिन्सिपल सोमकृष्ण प्रजापति, स्क्र्याबल क्लब अफ भक्तपुरका पूर्व जिल्ला संयोजक एवं गोल्डेन गेट स्कुलका प्रिन्सिपल सिंह लामा, २०८३ सालको जिल्ला च्याम्पियनसिप आयोजक विद्यालय क्रिएटिभ लर्नर्सका प्रिन्सिपल कृष्णहरि घवा श्रेष्ठ, सिवर्ड कलेजकी प्रिन्सिपल प्रेमकेशरी शाक्य लगायत विभिन्न विद्यालयका प्रतिनिधिहरू अतिथिको रुपमा रहनुभएको थियो। जम्मा पाँच राउन्ड Wespa को नियम अनुसार खेलाइएको उक्त प्रतियोगिताले यही २०८२ असोज २८ देखि ३० सम्म हेटौडा स्थित बालजागृति स्कुलमा आयोजना हुने राष्ट्रिय च्याम्पियनसिपका लागि सात जना विद्यार्थीहरु छनोट गरेको छ। जसमा विनायक शिक्षा निकेतन इङ्लिस स्कुल , ठिमीबाट दुईजना, अरुणोदय इङ्लिस स्कुलबाट एकजना, नवरत्न लाइफ स्कुलबाट दुईजना, लिसा इङ्लिस स्कुलबाट एकजना र माउन्ट भ्यु इङ्लिस स्कुलबाट एकजना गरी जम्मा ७ जना विद्यार्थीहरु छनोट गरेको छ। उक्त प्रतियोगितामा सम्पूर्ण राउन्ड जित्दै विनायक शिक्षा निकेतन इङ्लिस स्कुलका छात्र तुलज प्रजापति सर्वोत्कृष्ट भक्तपुर च्याम्पियन बन्न सफल भएका थिए। कार्यक्रममा सहभागी तथा छनो हुन सफल सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिँदै आगामी राष्ट्रिय र अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा पनि उत्कृष्टता हासिल गर्दै भक्तपुरको नाम उच्च राख्न सम्पूर्ण वक्ता अतिथिहरुले हौसला प्रदान गर्नुभएको थियो। स्मरण रहोस्, भक्तपुरका खेलाडीहरू 
रुबिन श्रेष्ठले २०८० र तुलज प्रजापतिले २०८१ सालमा आयोजित राष्ट्रिय च्याम्पियनसिपमा उत्कृष्ट हुँदै अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा क्रमश दोस्रो र चौथो हुन सफल भएका थिए।

भक्तपुरबाट राष्ट्रिय च्याम्पियनसिपमा 
छनोट भएका विद्यार्थीहरू
तुलज प्रजापति विनायक शिक्षा निकेतन
सुजिना कुम्पाख विनायक शिक्षा
प्रतीक ढुङ्गेल  अरुणाेदय ई, स्कुल
आएसा कोजु  लिशा ई, स्कुल
प्रसिल श्रेष्ठ   नवरत्न लाइफ स्कुल
सोहन श्रेष्ठ  नवरत्न लाइफ स्कुल
दर्श वाग्ले   माउन्ट भ्यु ई स्कुल
 

Comments