चिनीको मूल्य तत्काल घटाउन माग
माघ १५, २०७७, बिहीबार | विहान ०९:१३ बजे | 45
राष्टिय उपभोक्ता मचले चिनीको मूल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । मञ्चले चिनीको मूल्यबृद्धि सम्वन्धमा तत्काल आवश्यक कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्र
उपरोक्त बिषयमा उपभोक्ता हक अधिकारको लागी अबिछिन्न रुपमा निस्पक्ष आवाज सहित उपभोक्ता हितको पक्षमा संघर्ष गर्दै आएको राष्ट््िरय उपभोक्ता मन्चले चिनीको आपूर्ति, उत्पादन, बितरण तथा नियमनको बारेमा निरन्तर आवाज उठाउदै आएको व्यहोरा सम्माननीय प्रधानमन्त्रीज्यूमा अवगत नै भएको होला । प्रस्तुत बिषयमा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष निम्न कुराहरुमा ध्यानाकर्षण गर्दै तत्काल यस सम्बन्धमा आवश्यक कदम चाली चिनीको आपूर्ति व्यवस्थापन सहज गरी पाउनको लागी निवेदन सहित आग्रह गर्दछौं ।
नेपालमा चिनीको कूल उत्पादन १८० हजार मेट््िरक टन मात्र भएको र देशको आवश्यकता २८० हजार मेट््िरक उत्पादन हुने गरेकोछ । जबकी स्वदेशी उदयोगीहरुले गलत तथ्यांक सरकार समक्ष पेश गरी स्वदेशी उत्पादन २४० हजार मेट््िरक टन भएको र मांग २६० हजार मेट््िरक टन मात्र भएको देखाउदै आएकोछ ।
यस चालु आ.ब.को ६ महिनामा मात्र १०० हजार मेट््िरक टन चिनी आयात भएको भन्सार श्रोतको बिवरण रहेको पाइएकोछ ।
चालु आ.ब.को यो सिजनमा एकाध वटा चिनी उद्योगहरुले उखुको क्रसिंग गर्दै चिनी उत्पादनको कार्य शूरुवात गरिएको अवस्था रहेकोछ ।
देशको १४ वटा चिनी उद्योगहरु मध्ये ९ वटा मात्र संचालनमा रहेकोमा गत बर्ष देखि अर्को २ वटा चिनी उद्योग पनि बन्द गर्ने घोषणा गरी संचालनमा नरहेको अवस्था रहेकोछ ।
साल्ट ट््रेडिंग कर्पोेरेशनले स्वदेश र बिदेशबाट किनेको चिनीको स्टक रहुन्जेल खुद्रा मूल्य ७३ रुपैयांमा बिक्रि गरिरहेकोमा अहिले ८० रुपैयांमा स्वदेशी उद्योगसंग खरिद गर्नु परेको जानकारी प्राप्त भएकोछ ।
गत ५ महिना अगाडी नै स्वदेशी चिनी उद्योगहरुसंग चिनीको स्टक सकिएको भनि नेपाल चिनी उद्योग संघको तर्फबाट बिज्ञप्ती सहित सार्वजनिक सूचना जारी गर्न लगाउने चिनी उद्योगहरुले कसरी चिनीको मूल्य एक्कासी बढाउने र बिक्रि बितरण गर्न सक्षम भयो, सोचनीय बिषय रहेकोछ ।
गत हप्तासम्म प्रति किलो ६८ रुपैयांमा भ्याट बिल सहित बिक्रि गरेतापनि इष्टिमेट बिल प्रयोग गरी थोक बिक्रेताहरुसंग ७८ रुपैयां प्रति किलोसम्म मूल्य लिने गरेको थोक बिक्रेताहरुको गुनासोलाई मनन गर्ने हो भने उद्योगहरु आफैले कालोबजार गर्दै राजस्व छल्ने काम समेत गर्दै आएको देखिन्छ ।
गत हप्तासम्म उपभोक्ताले साल्ट ट््रेडिंगको आउटलेटमा ७३ र अन्यको हकमा ८० रुपैया प्रति किलोमा खरिद गरिरहेको चिनी अहिले उपभोक्ताले बजारमा ९० देखि ९५ रुपैयां प्रति किलोमा चिनी खरिद गर्नु परेकोछ ।
हामीलाई प्राप्त सूचना अनुसार ४ बर्षसम्म उखु किसानहरुलाई उखुको भुक्तानी नदिने चिनी उद्योगीहरु आफनो उद्योगमा चिनी उत्पादन नगरी भारतबाट सस्तो ( ४५ रुपैयां प्रति किलो) चिनी तस्कर गरी ल्याएको खरिद गरी आफनो उद्योगको नाममा ब्राण्डिंग गरी राजस्व ठग्नुको साथै उपभोक्तालाई समेत ठगी रहेकोछ ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
उपरोक्त कुराहरुलाई गम्भिरतापूर्वक ध्यानमा राखी सूक्ष्मरुपमा छानविन गर्नुको साथै कृत्रिम रुपमा बढाइएको मूल्य तत्काल नियन्त्रण गरी अनुचित व्यापारिक कृयाकलाप गर्ने व्यवसायीहरु माथि कारवाही गरी पाउन सादर अनुरोध गर्दछौं । साथै तत्काल बजारमा हस्तक्षेप गरी आपूर्ति व्यवस्थापन सहज गर्न र मूल्य नियन्त्रण गर्नको लागी साल्ट ट््रेडिंग कर्पोरेशनलाई कम्तिमा ५० हजार मेट््िरक टन चिनी आयात गर्न लगाउने व्यवस्था गरी पाउनको लागी सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष हार्दिक आग्रह गर्दछौं ।