चिलीमा फासीवादको प्रतिरोध कितावको आन्तरक्रिया जुम मार्फत सम्पन्न
माघ १५, २०७७, बिहीबार | विहान ०६:५७ बजे | 35
भक्तपुर । नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा नेमकिपा भनपा ९ दत्तात्रय समितिको आयोजनमा चिलीमा फासीवादको प्रतिरोध कितावको आन्तरक्रिया कार्यक्रम बुधबार जुम मार्फत सम्पन्न भयो ।
कार्यक्रममा अतिथि नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायण बहादुर दुवालले रुसको संशोधनवादी नीति कै कारण चिलीमा १९७३ सेप्टेम्बर ११ को घटना भोग्नु परेको बताउनु भयो । उहाँले यदि चुनावबाट बहुमत प्राप्त एयेन्द्रे सरकारले सशस्त्र संघर्ष सक्ने अवस्था भएपनि रुसको संशोवादले उक्त सिद्धान्त अगाडि नबढ्दा चिलीमा पन्ध्र हजार देशभक्ति बामपन्थीहरुले अनाहकमा बलिदान हुनु पर्ने बताउनुभयो । उहाँले रुस संशोवादी नभएको भए चिन र रुस मिले विश्वमा बामपन्थी आन्दोलन अगाडि बढ्ने बताउनु भयो । उहाँले अमेरिका निर्दयी भएको बताउँदै साँच्चिकैको कम्युनिष्टलाई चुनावबाट शासन सत्तामा नराख्ने तर नामको कम्युनिष्टलाई राख्न सकिने बताउनु भयो । उहाँले एकाधिकार पुँजीको चरित्र नै युद्ध भएको बताउँदै विश्व युद्ध एकाधिकार पुँजी कै कारण भएको बताउनु भयो । उहाँले भारतीय एकाधिकार पुँजी कै कारण युद्ध खोज्ने ठूलो कुरा नभएको बताउँदै नेपालमा अरु देशको व्यापार गर्न नदिने विरुद्ध संघर्ष गर्नुपर्नेमा नयाँ पुस्तामा सबै भारतबाट आउने भएकोले आत्मसमर्पणवादी सोच विरुद्ध समेत संघर्ष गर्नु पर्ने बताउनु भयो । उहाँले दलहरु निश्चित सिद्धान्तको आधारमा स्थापना हुने भएकोले दीर्घकालीन लक्ष्य र उदेश्य भएकोले ठूला दलहरुको झगडा सिद्धान्त हिन भन्नुभयो ।
कार्यक्रम नेमपकिपा भनपा दत्तात्रय समितिका अध्यक्ष सञ्जय मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रमा चिलीमा सन् १९७३ सेप्टेम्बर ११ को फासीवादी सत्ता कब्जा शिर्षको लेख बारे, सचिव रामकृष्ण प्रजापतिले फासिवादको अनुहार शिर्षकको लेख बारे, कृष्ण बहादुर प्रजापतले चिलीमा फासिवादको प्रतिरोध किताबको प्रकाशकीय र भूमिका बारे, कृष्ण गोपाल गाईजूले अन्तिम सेप्टेम्बर ११ लेख बारे, बिशेश्वर मानन्धरले चिहानबाट न्याय खोज्दै पाब्लो नेरुदा लेख बारे, साल्भाडोर एयेन्द्रेको अन्तिम सम्बोधन लेख बारे अनिल न्हेम्हाफुकी, कृष्णश्वरी दुवालले फासीवादी सत्ता कब्जाको दिन र त्यसपछि लेख बारे आ–आफ्नो धारणा बारे बोल्नु भएको थियो ।