निलबाराही संरक्षण योजनामा अन्तरक्रिया, निलबाराही क्षेत्र संरक्षण अभियानले राज्यको आँखा खुल्यो
भदौ १८, २०८२, बुधबार | राति ०८:२४ बजे | 260
मध्यपुर थिमी -९ भक्तपुर भाद्र १८ गते
निलबाराही मन्दिर परिसर संरक्षणका लागि भएको जनश्रमदानका कारण राज्यको आँखा खुलेको कुरा खुलेको छ । यसै कारण मन्दिर संरक्षणका लागि १८ करोड भन्दाबढी श्रोत सुनिश्चित भएको देखिएको छ । निलबाराही क्षेत्रको पहिरो रोकथाम सम्बन्धि विस्तृत योजनाको आज विहान मध्यपुर थिमीमा भएको प्रस्तुतीकरण कार्यक्रममा बक्ताहरुले सो कुरा बताएका हुन । सहभागिहरुले निलवाराही धार्मिक, सांस्कृतिक क्षेत्र भएकोले सो क्षेत्रको ऐतिहासिक महत्वलाई बुझेर पुरातत्व विभागसँग समेत परामर्श गरेर बातावरण मैत्री मौलिक शैलीमा बनाउनुपर्नेमा जोड् दिएका हुन ।
सरकारी ठेक्कापठाको कामहरु शिला हराउने, विकासको नाममा मौलिकता मास्ने कार्य हुँदै आएको भन्दै स्थानीय जनतासँग पारदर्शी रुपमा छलफल गरेर अगाडी बड्नुपर्नेमा जोड दिएका छन् । ठेक्कापठाका काममा भ्रष्टाचार हुने, योजना अनुसार कार्य नहुने, जनश्रमदानको कदर नहुने सहित सरकारी योजनाहरु अझै प्रष्ट र जनभावना अनुसार हुन नसकेको टिप्पणी तथा सुझाबहरु दिएका थिए । जनता अझै श्रमदान गर्न चाहन्छन, निलबाराही बचाउन चाहन्छन् सहभागिहरुले बताए । श्रमदानबाटै मौलिक शैलिमा मन्दिर संरक्षण गर्न सकिन्छ, सहभागिहरुको भनाई छ । माटो नरोकियोस्, श्रमदानले सरकारी खर्चको पनि बचत हुन्छ ।
विगतमा निल बाराहीलाई मागी खाने भाडो बनाउने कार्य योजनाहरु मात्रै बनाएको भन्दै स्थानीय सरोकारवाला र निकायको ध्यानाकर्षण गराउनकालागि सरोकार समिति गठन भएको भन्दै स्थानीय दिलकृष्ण राजबहाकले निल बाराही संरक्षण गर्न अव जनता जागेको बताउनु भयो । पुरातत्व विभाग जस्तो संस्थाको क्लिन चित ल्यायो भने योजना आजबाटै सञ्चालान भए पनि हुनेभन्दै उहाँले विचमा छोड्ने, बजेट रोकिने, भ्रष्टाचार र अनियमिता नहुने गरी योजना सुरु भएपछि निरन्त कार्य भएर छिट्टो सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । भूकम्प र बाढि पहिरो जस्तो विपद् कति ठेग्न सक्छ? यस्को सुनिश्तिता हुने प्राविधिक प्रतिबद्धता आउनुपर्नेमा उहाँले जोड दिएका थिए ।
अधिबक्ता एवं सम्पदाप्रेमी राजकुमार सुवालले ऐतिहासिक धार्मिक तथा साँस्कृतिक सम्पदा निर्माण कार्यमा सिमेन्ट प्रयोग गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनले मान्यता नदिने बताउँदै स्थानीय श्रोत सामग्रीको प्रयोगबाट पनि दिगो सम्पदा संरक्षण गर्न सकिने बताउनु भयो । ५० देखि १०० वर्षसम्म मात्र आयु भएको सिमेन्टको प्रयोगले निल वाराहीको सम्पदा संरक्षण हुन नसक्ने बताउनु भयो । उहाँले सिमेन्टको प्रयोग नगरी सम्पदा संरक्षण गर्ने अरु विधि छैन र?उहाँले प्रश्न राख्नुभयो । हाम्रो पुस्ताकालागि मात्र नभई, पुस्तौको लागि सम्पदा संरक्षण हुनुपर्छ भन्दै उहाँले भन्नु भयो विदेशी पर्यटकहरु सिमेन्टको कंक्रिट हेर्न आउने होइन ।
पुरातत्व विभागका योजनाहरु समेत गैरकानूनी धेरै पाएको चर्चा गर्दै अधिवत्ता सुवालले.अभियान्ताहरुको पुरातत्व विभागको क्लिन चिट माथि टिप्पणी राख्नुभयो । निलबाराही परिसरको पाटीमा पोल अपा हुनुपर्नेमा टिनको छाना कसरी भयो ? निलबाराही क्षेत्र सम्पदा क्षेत्र हो भने सिमेन्टको प्रयोग गर्न पाइदैन उहाँले जोडदिनु भयो । यो गैर कानूनी योजना हो । अधिबत्ता सुवालले भन्नु भयो सिमेन्ट प्रयोग नहुने गरी योजना बनाऔं, हामी यहाँ विरोध गर्न आएको होइनौं, आफूले जानेको ज्ञानसिप दिएर सहयोग गर्न आएका हौें । श्रमदाता कैलाश श्रेष्ठले बन क्षेत्रमा काम गर्दा बन ऐन पनि मान्नुपर्नेमा जोड दिदै प्रस्तुत योजनाहरु बारे विस्तृत जानकारी अझै नपाएको बताउनु भयो ।
थ्रिडि नक्सा प्रस्तुत गर्दैमा सर्व साधारण जनताले बुझ्न नसक्ने र यसबाट स्थानीय जनताले कति रोजगारी पाउँछ? उहाँले प्रश्न गर्नु भयो । सरोकार समितिका सचिव अनिश बैद्यले निल बाराही बनाउन आउनेलाई रोक्ने होइन, भोलीका भाविपुस्ताले प्रश्न गर्न नसक्ने गरी सम्पदा संरक्षण कार्य गर्नुपर्नेमा जोड दिनुभयो । वातावरण मैत्रीसँगै धार्मिक,साँस्कृतिक एवं तान्त्रिक सरोकारवालाहरुको पनि राय बुझ्नु्पर्ने, स्थानीय जनताको सुझावलाई कार्यान्वयन गर्न डिपिआरको प्रस्तुतीसँगै स्थानीय समुदायको निर्णायक भूमिका हुनु पर्नेमा जोड दिनुभयो । अन्तिम समयमा आएर समुदायलाई तचर दिने गरी योजना कार्यान्वयन हुन नसक्ने बताउनु भयो । अभियान्ताहरुलाई आवश्यक जानकारी समेत नपाएको अवस्थामा निर्णय दिन नसकिने धारणा राख्दै अभियान्ता बैद्यले जनभावनालाई कदर गर्न आग्रह गर्नु भयो ।
स्थानीय सुरेन्द्र श्रेष्ठले सम्पदा संरक्षणमा जागेको जोस जाँगरलाई सेलाउन दिन नहुने भन्दै जनता र पालिका मिलेर सम्पदा संरक्षण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । यस्तो अभियान अन्यत्र पनि गर्नुपर्ने बताउनु भयो। स्थानीय श्रमदाता सुनबीरकृष्ण प्रजापतिले विगत ५० औं वर्ष देखि निलबाराही रोही रहेको कुरा कसैले देखेको भन्दै सबै एकजुत भएर निलबाराही संरक्षण गर्न आग्रह गर्नु भयो । भाषण गर्न सबैलाई आउँछ, निलबाराही संरक्षणमा राजनीति नगर्न आग्रह गर्दै उहाँले आफ्नो नकारात्मक कुरा त्यागेर सकारात्मक हुन आग्रह गर्नु भयो । निल बाराहीलाई हसाउन योजना पारदर्शी बनाउन तथा आएको बजेट नफर्काउन आग्रह गर्नु भयो । निल बाराहीसंरक्षणमा भएको श्रमदान देखेर आफू भावुक भएको भन्दै निल बाराहीलाई रुवायो भने जनप्रतिनिधीहरुलाई पाप लाग्ने, निलबाराहीको नाममा पैसा खानेहरु रगत छाडेर मर्ने चेतावनी दिनु भयो ।
श्रमदाता हरिकृष्ण लाखेले निलबाराही क्षेत्रको बस्तुस्थिति हेर्दा राज्यले हेपेको क्षेत्र भएको बताउँदै निलबाराही क्षेत्रको संरक्षण गर्न श्रमदान गर्नेहरुप्रति आभार व्यक्त गर्नु भयो । गुणस्तरीय तवरले सम्पदा संरक्षण कार्य प्राविधिकहरुले नै निस्वार्थ रुपले गर्नुपर्नेमा जोड दिनुभयो। अर्का स्थानीय सहभागिले निल बाराही संरक्षणमा अन्तर्राष्ट्रिय बेजत भएको भन्दै सामाजिक सञ्जालमा जे मन पर्यो लेख्यो बेजत गरियो भन्दै उहाँले अव नगरपालिका र अभियान्ता मिलेर जानुको विकल्प नभएको बताए । अभियान्ता भगवती श्रेष्ठले दोस्रो श्रमदान देखि आफूले नियमित श्रमदान गर्दै निल बाराही संरक्षणमा लागि रहेको उल्लेख गर्दै निलबाराहीमा भूक्षय भइराखेको बेला श्रमदान गर्न कहाँ कहाँबाट मान्छेहरु आयो? भनेर जनप्रतिनिधीहरुले भन्न नमिल्ने बताउनु भयो । निल बाराही संरक्षणमा समन्वय गरौं, संरक्षणका योजनाहरुकको अनुगमणमा अभियान्ताहरु पनि रहनुपर्ने भन्दै उहाँले भक्तपुर देखि जेष्ठ नागरिकहरु समेत आफ्नो कूल देवता भनेर श्रमदान गर्न आइरहेका छन् यस्तो बेला जनप्रतिनिधीहरुले नीतिगत तथा कुनै पनि भ्रष्टाचार गर्न पाइदैन उहाँले आफ्नो कुरा राख्नु भयो व्यक्तिगत, पारिवारिक समस्यालाई छोडेर सम्पदा संरक्षणमा आउनेहरुलाई काम गराउनुपर्नेमा जोड दिनु भयो ।
अभियान्ता निशुल (सुनिल) प्रजापतिले ऐतिहासिक निल बाराही संरक्षणकालागि जनता श्रमदान गर्न तयार हुँदाहुँदै श्रमदाताहरुलाई रोक्न नहुने बताउनु भयो । ६०हजार भन्दा बढीले श्रमदान गरिसकेको निलबाराही संरक्षणमा श्रमदान गरेर योगदान गरिरहँदा माटो किन रोकियो ? उहाँले भन्नुभयो हामीले निल बाराही जाने बाटो बनायौं, यसबाट हामीले नाम कमाउन खोजेका होइनौं । अहिले पनि भक्तपुरबाट श्रमदान गर्न आइरहेका छन् उहाँहरुलाई श्रमदान गर्न दिन यो प्रस्तुतीले रोकिदै छ । अहिलेको योजना बैदेशीक सहयोगबाट आएको छ । यो आवश्यक हो र? बजेट आयो भन्दैमा जस्तो पनि बनाउने हो र ?बरु माटो ल्याउने र श्रमदान गर्ने वातावरण बनाई दिनु पर्यो ।
वातावरणविद् बटुकृष्ण उप्रेतिले वातावरण संरक्षण र संस्थागत गर्न आफूसँग ४५वर्षको अनुभव भएकोभन्दै वातावरण संरक्षण ऐन २०७६ र नियमावली २०७७ तथा प्रदेश ऐन २०७७ अनुसार पनि वन क्षेत्रमा काम गर्दा प्रारिम्भिक वातावरण परिक्षण आवश्यक भएको बताउनु भयो । निल बाराही पनि बन क्षेत्र भएकोले संरक्षण अभियानमा कुनैपनि रुख नकातिने बताउनु भयो । इकोसिस्टम अनुसार हुने कार्यमा वासिन्टन देखि वाच भइरहेको भन्दै उहाँले निल वाराही संरक्षण योजना गत ८वर्ष देखि चर्चा हुँदै आएको उहाँले बताउनु भयो।
स्थानीय वडाध्यक्ष सानुकाजी राजबाहकको सभापतित्वमा भएको सो कार्यक्रममा वरिष्ठ प्राविधिक दिलिप गसिले नगरपालिका र सरोकारवाला निकायहरुसँग थप छलफल गरेर प्रस्तुत परियोजना आवश्यक परिमार्जन सहित कार्यान्वयन गरेर निलबाराही संरक्षणकालागि आफ्नो तर्फबाटपनि प्राविधिक सहयोग हुने बताउनु भयो । सकेसम्म सिमेन्ट प्रयोग नगर्ने तर प्राविधिकरुपले गर्नै पर्ने कार्य रोक्न नहुने तर्क राख्नुभयो ।
कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सहभागिहरुको गुनासो र प्रश्नहरुको समीक्षा गर्दै निल बाराही संरक्षणमा आफ्नो तर्फबाट सहयोग गर्ने बाहेक रोक्ने कार्य नगरेको बताउँदै अवको चैत्र, बैशाख महिनाभित्र योजना कार्यान्वयन पूरा हुने भएकोले सहयोग गर्न आग्रह गर्नु भयो । प्रस्तुत आयोजना कार्यान्वयनमा बजेटको अभाव भयो भने नगरपालिकाका अन्य योजनाहरु रोकेर भएपनि आवश्यक बजेट खर्च हुने बताउनु भयो ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठ निल बाराही सम्पदा संरक्षणमा आफू प्रत्यक्ष सहभागि हुन नसके पनि आवश्यक सहयोग गर्दै आएको भन्दै थप संरक्षणकालागि धिला भएपनि योजना बनेको र कार्यान्वयनकालागि सहयोग गर्न आग्रह गर्नु भयो ।
