बुद्धवीर लामा गीतीमय सांगीतिक सांझ सम्पन्न 


भदौ १५, २०८२, आइतबार | राति १०:२० बजे | 160


बुद्धवीर लामा गीतीमय सांगीतिक सांझ सम्पन्न 

प्रताप राना 
काठमाडौ । नेपाल प्रज्ञाप्रतिष्ठान कमलनदीमा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यमा वाल अनाथलय, वृद्धाश्रम र अपांग पुनस्र्थापना केन्द्रका सहयोगार्थ प्रयास मञ्चको प्रस्तुति बुद्धवीर लामा गीतीमय सांगीतिक सांझ २०८२ गीतहरूको एकल कार्यक्रम विभिन्न क्षेत्रका विज्ञहरू , गायक कलाकारहरू तथा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरी पाल्नु हुनेहरूको बाक्लो सहभागीतामा भब्य र सभ्य ढंगबाट सुसंपन्न भएको छ । उक्त कार्यक्रममा भब्य गाजाबाजासहित बिभिन्न क्षेत्रमा योगदान पु¥याउने माहानुभावहरूलाई राज्यले वास्ता नगरे पनि निजी क्षेत्रबाट बुद्धवीर लामाले पहिचान गरी उहाहरूले समाजमा पुयाउनु भएको योगदानको कदर गरी संमान प्रदान गरेको छ । साथै नृत्य गीत, संगीतको सुमधुर प्रस्तुतिले कार्यक्रममा भव्य रौनता छाएको थियो ।  

Comments