प्रमुख जिल्ला अधिकारीले ललितपुरमा पहिचान गरेको प्राथमिकताको क्षेत्र
भदौ १५, २०८२, आइतबार | दिउँसो ०२:३६ बजे | 250
ललितपुर। ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सेवा प्रवाहलाई सहज बनाउँदै संस्कृति, सम्पदाको संरक्षणमा सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयमा आईतबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । जात्रा,पर्व संस्कृतिम मौलिक परम्पराको हिसाबले ललितपुरको विशिष्ट महत्व रहेकोलाई आत्मसात गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी घिमिरले भन्नुभयो ‘ तपाईहरुको दिएको सुझावलाई ध्यानमा राखेर यहाँका पुरात्तात्विक स्थल, पोखरी, गुठीको जग्गा संरक्षणमा ध्यान दिने छौं ।’ आफूले चार पाँच वटा विषयलाई प्राथमिकताका राखेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरले भन्नुभयो ‘ सरकारी कार्यालयको सेवाप्रवाहको चुस्तता, शान्तिसुरक्षाको व्यवस्थापन, समुदायसंगको संवाद र समन्वय गर्दै विकास निर्माणमा सहजीकरण र विपत व्यवस्थापनको काम लगायत क्षेत्रलाई प्रँथमिकतामा राख्नेछु । राष्ट्रिय परिचयपत्रका सम्बन्धमा सोधपुछ गर्ने कार्यलाई सहज बनाईदिएको छु ।’ यस अघि सञ्चारकर्मीहरुले सूचना प्रवाहलाई थप सहजीकरण गर्नुपर्ने, जिल्लाको भूगोल, आदिवासी जनजातिको बहुलता, यहाँको सांस्कृतिक संवेदनशीलताप्रति प्रशासनले महशुस गर्नुपर्ने, शान्तिसुरक्षाका विविध चुनौती विषयमा आआफ्नो धारणा राखेकोमा सो लाई सम्बोधन गर्दै आफ्नो धारणा राख्नुभएको हो। सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले प्रशासनले गर्नुपर्ने नियमित दायित्वका अतिरिक्त विभिन्न जात्रा,पर्व, संस्कृति सम्पदा जोगाउने विषयमा पहलकदमी, सहजीकरण र समन्वयको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल आदिवासी जनजाति पत्रकार महासंघका सचिव समेत रहेका महर्जनले सूचना प्रवाहमा थप व्यवस्थिति गर्नुपर्ने, मातृभाषाका पत्रकारिता गर्ने पत्रकारलाई प्रशासनले समेट्नुपर्ने रजनताको पीरमर्का बुझ्नुपर्ने विषयमा केन्द्रीत गर्दै आफ्नो धारणा राख्नुभयो। सो अवसरमा सम्पदा नेपाल टेलिभिजनका प्रमुख विश्वन्तर शाक्यले गुठी जग्गा संरक्षण, अतिक्रमणमा परेका सम्पदा र जग्गाको संरक्षणमा प्रशासनको सशक्तको भूमिका हुनुपर्ने खाँचो औल्याउनुभयो। नेवाः पत्रकार राष्ट्रिय दबूका ललितपुर शाखाका सदस्य सनि शाक्यले लागु औषध दुव्र्यसनीको समस्या,शान्तिसुरक्षाका विविध चुनौतीका बारे आफ्नो धारणा राख्नुभयो । सञ्चारकर्मी हर्कबहादुर श्रेष्ठ, नेपालमण्डल टेलिभिजनका रामराजा बज्राचार्यले अव्यवस्थित बजार, मानिसहरुले भोग्नुपरिरहेको पाकेटमारको समस्या लगायत विषयमा आआफ्नो धारणा राख्नुभयो। सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले प्रशासनले गर्नुपर्ने नियमित दायित्वका अतिरिक्त विभिन्न जात्रा,पर्व, संस्कृति सम्पदा जोगाउने विषयमा पहलकदमी, सहजीकरण र समन्वयको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल आदिवासी जनजाति पत्रकार महासंघका सचिव समेत रहेका महर्जनले सूचना प्रवाहमा थप व्यवस्थिति गर्नुपर्ने, मातृभाषाका पत्रकारिता गर्ने पत्रकारलाई प्रशासनले समेट्नुपर्ने र सम्ुदाय मैत्री प्रशासनको विषयमा केन्द्रीत गर्दै आफ्नो धारणा राख्नुभयो। सो अवसरमा सम्पदा नेपाल टेलिभिजनका प्रमुख विश्वन्तर शाक्यले गुठी जग्गा संरक्षण, अतिक्रमणमा परेका सम्पदा र जग्गाको संरक्षणमा प्रशासनको सशक्तको भूमिका हुनुपर्ने खाँचो औल्याउनुभयो। नेवाः पत्रकार राष्ट्रिय दबूका ललितपुर शाखाका सदस्य सनि शाक्यले लागु औषध दुव्र्यसनीको समस्या,शान्तिसुरक्षाका विविध चुनौतीका बारे आफ्नो धारणा राख्नुभयो । सञ्चारकर्मी हर्कबहादुर श्रेष्ठ, नेपालमण्डल टेलिभिजनका रामराजा बज्राचार्यले अव्यवस्थित बजार, मानिसहरुले भोग्नुपरिरहेको पाकेटमारको समस्या लगायत विषयमा आआफ्नो धारणा राख्नुभयो। गृह मन्त्रालयको भदौं ४ गत बुधबारको निर्णय अनुसार घिमिरे प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न भदौं ५ गते विहीबार ललितपुरमा आउनुभएको थियो। २५ वर्ष अघि निजामती सेवामा प्रवेश गरेका घिमिरे यस अघि धादिङको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो। सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको पनि उपस्थित रहेको थियो।
