सूर्यविनायक तरखालबाट पाँंच जना जुवाडे पक्राउ
भदौ १४, २०८२, शनिबार | राति ०८:१८ बजे | 385
भक्तपुर । प्रहरी वृत्त ठिमी भक्तपुरले शनिबार जिल्लाको सूर्यविनायकबाट पाँंचजना जुवाडेहरुलाई पक्राउ गरेको छ । ठिमी बृतबाट खटिएको टोलिले सूर्यविनायक नगरपालिका वडा नं १ तरखालबाट ५ जना जुवाडे पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुबाट नेपाली र भारतीय रुपैयाँं बरामद भएको बृतले जनाएको छ । नेपाली रु ४१,७,८५ र आईसी ३,७०० बरामद भएको जनाएको हो ।
