भक्तपुरका पाँंच पत्रकार संगठनहरुको संयुक्त प्रश्नः आफै धामी आफै झाक्री ?
भदौ १४, २०८२, शनिबार | साँझ ०६:११ बजे | 1180
भक्तपुर । भक्तपुरका पाँंच वटा विभिन्न पत्रकार संगठनहरुले भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले आफैंले पठाएको समाचारप्रति पत्रकारहरुमाथि नकारात्मक टिप्पणी गरेको भन्दै आपति जनाएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुर नेतृत्व सवै पत्रकारहरुको यो विषयमा विज्ञप्ति निकाल्न आनाकानी गरेको भन्दै उनीहरुले शनिबार संयुक्त प्रेस विज्ञत्ति प्रकाशित गरी यस्तो आरोप लगाएका हुन् ।
संयुक्त प्रेस विज्ञप्ति
चाँगुनारायण नगरपालिकाले सञ्चालन गरेको अनलाइन न्यूज पोर्टल चाँगुनारायण समाचार डट कमको आधिकारिक इमेल ठेगानाबाट तस्वीरसहित पठाइएको जानकारी तथा समाचार विभिन्न मिडियाहरूमा प्रकाशित भएपछि चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले गर्नुभएको टिप्पणीप्रति हाम्रोे गम्भीर ध्यानाकर्षण भएको छ ।
एकातर्फ कार्यक्रमको जानकारी तथा समाचार आफै पठाउने र अर्कोतर्फ आफैबाट पठाइएको जानकारी तथा समाचार सम्प्रेषण गर्दा पत्रकारहरुमाथि आपत्तिजनक शब्द प्रयोग गरी सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक रूपमा लगाएको आक्षेपप्रति हामी खेद प्रकट गर्दछौं । चाँगुनारायण नगरपालिका आफैले सञ्चालन गरेकोे न्युज पोर्टलमासमेत प्रकाशित गरी सोही इमेलबाट अन्य मिडियाहरूमा पठाइएको समाचारप्रति नगरप्रमुखको पत्रकारहरूप्रतिको अभिव्यक्ति आपत्तिजनक रहेको हाम्रो ठहर छ । साथै आगामी दिनमा नगर प्रमुखजस्तो व्यक्तिबाट यस प्रकारका अभिव्यक्ति दिनबाट सचेत गराउन यसै विज्ञप्ति मार्फत् अनुरोध छ । सम्पूर्ण पत्रकारहरूको साझा छाता संगठन नेपाल पत्रकार महासंघ भक्तपुर शाखा नेतृत्व यस विषयमा मौन रहँदा पत्रकारहरूको नेपाल पत्रकार महासंघप्रतिको भरोसामै कमी आउने सम्भावना भएकोप्रति हामी गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
मदन ढुंगाना
अध्यक्ष
प्रेस सेन्टर नेपाल, भक्तपुर
दिनेश कार्की
अध्यक्ष
समाजवादी प्रेस संगठन नेपाल, भक्तपुर
पुष्पा कुमारी साउद
अध्यक्ष
जनपत्रकार संगठन नेपाल, भक्तपुर
सुरेश प्रसाद सैंजु
अध्यक्ष
स्वतन्त्र पत्रकार संघ, भक्तपुर
दीपक श्रेष्ठ
सचिव
फोनिज, भक्तपुर
