भ्वाइस अफ वागीश्वरी सिजन ४ काे फाइनलमा ५ प्रतियोगीको प्रवेश


भदौ १३, २०८२, शुक्रबार | राति ०९:५७ बजे | 2195


भ्वाइस अफ वागीश्वरी सिजन ४ काे फाइनलमा ५ प्रतियोगीको प्रवेश

भक्तपुर, १३ भाद्र: वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा संचालन हुदै आएको भ्वाइस अफ वागीश्वरी सिजन ४ अन्तर्गत आज तेस्रो चरणको प्रतियोगिता Judges' Round सम्पन्न भएकाे छ । ‎ ‎उक्त चरणमा Karaoke Round बाट छनौट भई आएका ९ प्रतियोगीहरुले गायन प्रस्तुति दिएका थिए। यस Judges' Round मा विद्यार्थीहरुले निर्णायक मण्डलले रोजेका गीतहरू म्युजिक ट्रयाकमा गाएका थिए । ‎ ‎सो चरणमा निर्णायक मण्डलमा काठमांडौ विश्वविद्यालयका संगीत विभागका संयोजक तथा गायक राजकुमार मानन्धर, अर्का गायक तथा संगित संयोजन कर्ता गनु राज राई र गायिका सरिता प्रजापति रहनु भएको थियो भने विशेष अतिथिका रूपमा भक्तपुरका प्रसिद्ध गायक तथा संगीतकार सत्य नारायण मानन्धरकाे उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा धनेश राज राजोपाध्याय तथा अर्चना सुवाल कार्यक्रम प्रस्तोताको रूपमा रहेका थिए । ‎ ‎आजको चरणबाट ५ प्रतियोगीहरु निर्णायक चरण अर्थात Grand Finale मा प्रवेश गर्न सफल भएका छन्। यस चरणको रेकर्ड लाइभ भने आइतबार साँझ प्रसारण हुने जानकारी संयोजक नविन्द्र कर्माचार्य बाट प्राप्त भएको छ । ‎कार्यक्रममा टेलिभिजन पार्टनर भादगाउँ TV, साउण्ड पार्टनरका रूपमा बास साउण्ड , रेडियो पार्टनरको रूपमा भक्तपुर एफ.एम.,अनलाइन मिडिया पार्टनरका रूपमा ज्ञान खबर तथा एबीसीडी खबर, इभेन्ट पार्टनरमा बाला इभेन्ट, वार्डरोव पार्टनर ड्रेस हायर पोइन्ट, फोटोग्राफी पार्टनरमा neo fusion school of computer र ब्युटि पार्टनरका रूपमा सनम मेकअप स्टुडियो रहेका छन्। कार्यक्रममा आइकन म्युजिक एकेडेमी , संगीतग्राम गुरुकुल नेपाल, नेपाल इको प्यानेल, हाम्रो पुस्तक भण्डार , लक्ष्मी ह्याण्डिक्राफ्ट, सरस्वती इन्टरप्राइजेज, ए वान टेलरिङ्ग सेन्टर, मयूर प्रिन्ट्स, कृति हस्तकला, सेवा निवृत्त शिक्षक समाज , चन्द्रायन स्विट्स तथा विवेक साउण्ड स्टुडियोले प्रायोजन गरेकाे जानकारी छ।

Comments