भक्तपुर काण्डको बिरोध तथा भत्सर्ना
भदौ ९, २०८२, सोमबार | राति ०७:५९ बजे | 305
भक्तपुर । निरंकुस पंञ्चायती राज्यस्तरबाट तत्कालिन नेपाल मजदुर किसान संगठनलाई समूल नष्ट गर्न रचिएको भक्तपुर काण्डको बिरोध तथा भत्सना कार्यक्रम सोमबार भक्तपुरमा सम्पन्न भएको छ । नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर नगर समितिको आयोजनामा कमलविनायकमा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद् प्रेम सुवाल रहेको थिए । सो अवसरमा उनले नेपाल मजदुर किसान संगठनलाई समुल नष्ट गर्न गरेको षडयन्त्रले सिंगो पञ्चायती व्यवस्था नै नष्ट गरेको बताए । यसैकाविरुद्धको आन्दोलनसँंगै पञ्चायती शाशनको अन्त भइ नेपालमा बहुदल आएको उनले बताए ।
कार्यक्रममा आयोजक किसान संघका नगर अध्यक्ष गंगाराम ज्याख्व, उपाध्यक्ष राम प्रजापति, महिला प्रतिनिधि सुनिता अवालले पनि षडयन्त्रकाविरुद्ध तत्कालिन महिलाहरुले खेलेको शशक्त भूमिकाका स्मरण गरेका थिए ।
