जेसीज अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
भदौ ८, २०८२, आइतबार | राति ०९:४३ बजे | 350
भक्तपुर । जेसीज, भक्तपुर लेडी जेसीज, भक्तपुर जुनियर जेसीज र भक्तपुर जुनियर लेडी जेसीजको संयुक्त आयोजनामा आइतबार भक्तपुरमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीकी अध्यक्ष श्रीमती रोशनी माया धौबञ्जा, विशिष्ट अतिथि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका शाखा प्रबन्धक र मुख्य निर्णायक लायन्स क्लब्स इन्टरनेशनलका पूर्व डिस्ट्रिक्ट गभर्नर श्री उत्तम झा उपस्थित हुनुहुन्थ्यो ।
भक्तपुर लेडी जेसीजकी अध्यक्ष सरु शिल्पकारज्युले स्वागत मन्तव्य दिँदै यो प्रतियोगिता जेसीज सप्ताह (Jaycees Week) अन्तर्गत आयोजना गरिएको चौथौ कार्यक्रम बताइन् । उनले भनिन्—
जेसिजको विशेषता भनेको ‘One Year, One Person’ भन्ने प्रणाली हो— जहाँ नेतृत्वको अवसर प्रत्येक वर्ष नयाँ व्यक्तिले पाउँछ, जसले संस्थामा निरन्तर ताजगी र नवप्रवर्तन ल्याउँछ ।”
प्रतियोगितामा नवरत्न लाइफ स्कुलका प्रणिधि मानन्धर प्रथम,
प्यारागन स्कुलकी स्मृति लामा द्वितीय,
र न्यतपोल माध्यमिक विद्यालयकी अभिषा खड्का तृतीय भएका छन् ।
निर्णायक प्रमुख श्री उत्तम झाज्युले सबै सहभागी विद्यार्थीहरूको आत्मविश्वास र सहभागिताको प्रशंसा गर्दै, “हामीलाई आवश्यक पर्ने कुरा निरन्तर अभ्यास हो” भन्ने सन्देश दिनुभयो ।
त्यसैगरी निर्णायक तथा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक अनुप अधिकारीज्युले विद्यार्थीलाई तथ्यमा आधारित अध्ययन–अनुसन्धान गर्न प्रेरित गर्दै भने—
“एसडीजीको मूल लक्ष्य ‘कोही पनि पछि नपरोस्’ भन्ने हो । विद्यार्थीहरूले अहिलेको परिस्थितिबारे अध्ययन गर्नुपर्छ, हल्ला र भ्रम पछ्याउन हुँदैन ।”
समापन सत्रमा जेसीआई भक्तपुरका अध्यक्ष जेसी पारमेश्वर जोशीज्युले धन्यवाद ज्ञापन गर्दै भने—
“जेसिज नेतृत्व तथा व्यक्तित्व विकास गर्ने अन्तर्राष्ट्रिय संस्था हो । यसले युवालाई अवसर, सीप र प्लेटफर्म उपलब्ध गराउँदै सक्षम नागरिक बनाउन निरन्तर योगदान दिँदै आएको छ ।
कार्यक्रममा विभिन्न विद्यालयका करिब १३० विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
