भ्वाइस अफ वागीश्वरीकाे Karaoke Round बाट ९ प्रतिस्पर्धी अगाडि बढे
भदौ ८, २०८२, आइतबार | राति ०८:१५ बजे | 755
भक्तपुर, भाद्र ८ : वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा संचालन हुदै आएको भ्वाइस अफ वागीश्वरी सिजन ४ अन्तर्गत आज दोस्रो चरणको प्रतियोगिता Karaoke Round सम्पन्न भएको छ ।
कार्यक्रमका संयोजक नविन्द्रलाल कर्माचार्यका अनुसार आजको चरणमा विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा स्नातक तहमा अध्ययनरत जम्मा १५ विद्यार्थीहरूले भाग लिएका थिए। करिब ११ बजे देखि सुरु भएको कार्यक्रममा विद्यार्थीहरुले आफूले रोजेका गीतहरू म्युजिक ट्रयाकमा गाएका थिए । सो चरणकाे निर्णायक मण्डलमा काठमांडौ विश्वविद्यालयका संगीत विभागका संयोजक तथा गायक राजकुमार मानन्धर, अर्का गायक तथा संगितकार गनु राज राई र गायिका सरिता प्रजापति रहनु भएको थियो। यस्तै विशेष अतिथिको रूपमा भक्तपुरका प्रसिद्ध गायक तथा गीतकार लक्ष्मण पलिखेललाई आमन्त्रण गरिएको थियो । उक्त कार्यक्रममा विशेष अतिथि लक्ष्मण पलिखेलले 'दियौ माया' बोलको गीतमा प्रस्तुति पनि दिनुभएको थियो।
कार्यक्रममा टेलिभिजन पार्टनर भादगाउँ TV, साउण्ड पार्टनरका रूपमा बास साउण्ड , रेडियो पार्टनरको रूपमा भक्तपुर एफएम,अनलाइन मिडिया पार्टनरका रूपमा ज्ञान खबर तथा एबीसीडी खबर, इभेन्ट पार्टनरमा बाला इभेन्ट, वार्डरोव पार्टनर ड्रेस हायर पोइन्ट, फोटोग्राफी पार्टनरमा neo fusion school of computer र ब्युटि पार्टनरका रूपमा सनम मेकअप स्टुडियो रहेका छन्। कार्यक्रममा आइकन म्युजिक एकेडेमी , संगीतग्राम गुरुकुल नेपाल, नेपाल इको प्यानेल, हाम्रो पुस्तक भण्डार , लक्ष्मी ह्याण्डिक्राफ्ट, सरस्वती इन्टरप्राइजेज, ए वान टेलरिङ्ग सेन्टर, मयूर प्रिन्ट्स, कृति हस्तकला, सेवा निवृत्त शिक्षक समाज , चन्द्रायन स्विट्स तथा विवेक साउण्ड स्टुडियोले प्रायोजन गरेकाे जानकारी छ। आजको चरणबाट नौ प्रतियोगीहरु अर्को चरणमा प्रवेश गर्न सफल भएका छन्। यस चरणको रेकर्ड लाइभ भने छिट्टै भादगाउँ टेलिभिजन बाट प्रसारण हुने जानकारी प्राप्त भएको छ ।
