लिटिल स्कुल किङ नेपाल २०७७ को अडिसन राउण्ड सम्पन्न
माघ १३, २०७७, मङ्गलबार | दिउँसो ०३:१० बजे | 50
किड्स ¥याम्प सोलुसनद्धारा प्रथम संस्करणको तयारीमा आयोजित लिटिल स्कुल किङ नेपाल नामक कार्यक्रम शनिबार भक्तपुर आर्दश, जगाती स्थित विद्या आर्जन इङ्गलिस स्कुलमा सम्पन्न भएको छ ।
मंसिर २७ गते देखि माघ १० गते प्रत्येक शनिबार सम्पन्न भएको कार्यक्रममा भक्तपुर स्थित अधिकांश विद्यालयका तीन सय पचास जना छात्र विद्यार्थीहरु सम्मलित भएका थिए ।
सम्मलित भएका तीन सय पचास जना सहभागी छात्र विद्यार्थीहरु मध्ये प्रशिक्षण चरणको निम्ति पचासी जना सहभागी विद्यार्थीहरु छात्र छनोट गर्ने कुरा कार्यक्रम निर्देशक अनिम छुस्याबागले बताउनु भयो ।
कार्यक्रमको मुख्य निर्णायकद्धयमा लिटिल च्याम्स २०१८ का शिर्ष बिजेता निकी लवजु, लिटिल स्टार भक्तपुर २०१८ शिर्ष बिजेता रियान छुस्याकी, लिटिल स्टार भक्तपुर २०१९ का फस्टरन र अप प्रणय प्रजापति, यजश्वी प्रजापति, लिटिल स्टार भक्तपुर २०१८ का फस्ट रन र अप क्रृषिता सत्याल लिटिल स्टार भक्तपुर २०१८ का सेकेण्ड रनर अप रोनिशा फुरी, लिटिल च्याम्सका फष्ट किलश गोसाई, ब्युटिसियनद्धय, शर्मिला दुमरु, कृष्ण्(ालक्ष्मी त्वायना लिटिल मास्टर बल्र्डका बिजेता श्रीसन गाईजुले निर्णायक मण्डलको अभिभारा निर्वाह गर्नु भएको थियो ।