नेपाल यातायात व्यवसायी भक्तपुरमा पुनः भुजु
भदौ ७, २०८२, शनिबार | दिउँसो १२:२३ बजे | 350
भक्तपुर । नेपाल यातायात व्यवसायी राष्टिय महासंघ भक्तपुर जिल्ला कार्यसमितिमा पुनः रामकाजी भुजु अध्यक्षमा निर्वाचित भएका छन् । होटल घयाम्पेडाँंडा सूर्यविनायक भक्तपुरमा भएको सातौं महाधिवेशनले भुजुकै अध्यक्षतामा नयाँं कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा भक्तपुर टक व्यवसायी संघका अध्यक्ष लक्ष्मीप्रसाद गोरालाई सचिवमा सर्वसम्मत निर्वाचित गरेको छ । साथै कोषाध्यक्षमा बाबुकाजी छुँंजु निर्वाचित भएका छन् ।
सदस्यहरुमा ज्ञानेन्द्र महर्जन, जगदीशमान श्रेष्ठ, युवराज घतानी, तुल्सीमान श्रेष्ठ, सत्यनारायण सुवाल, निरन थापा क्षेत्री र चन्द्रकष्ण ग्वाछा निर्वाचित भएका छन् । महाधिवेशनका उदघाटन महासंघका केन्द्रिय अध्यक्ष योगेन्द्रमान कर्माचार्यले गरेका थिए ।
