रास्वपा भक्तपुरको बृहत पार्टी प्रवेशः कांग्रेस, एमाले, राप्रपाबाट कोको गए ? 


भदौ ७, २०८२, शनिबार | विहान ११:४४ बजे | 1615


रास्वपा भक्तपुरको बृहत पार्टी प्रवेशः कांग्रेस, एमाले, राप्रपाबाट कोको गए ? 

भक्तपुर । नेकपा (एमाले) चाँगुनारायण नगर समितिका पूर्व सचिव एवं चर्चित रेडक्रसकर्मी रामेश्वर थापा राष्टिय स्वतन्त्र पार्टी रास्वपा भक्तपुरमा प्रवेश गरेका छन् । उनीसँंगै मध्यपुर ठिमी नगरपालिका वडा नं २ वडामा नेपाली काँग्रेसबाट वडा अध्यक्षको उमेदवार भई दुई पटक निर्वाचित भइसकेको वैकुण्ठ चित्रकार पनि सोही पार्टी प्रवेश गरेका छन् । साथै राप्रपा सिन्धुपालचोकका क्षेत्रीय सभापति श्याम खड्का पनि पार्टी प्रवेश गरेका छन् । उनीहरुसहित करिब तीन दर्जन व्यक्तित्वहरूलाई विशेष कार्यक्रमबिच पार्टीका केन्द्रीय सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी प्रवेश गराएका हुन् । साथै दुई दिनको अवधिमा ६२१ जनाले अनलाइनमार्फत् सदस्यता लिएको पार्टीले जनाएको छ ।
 

Comments