भक्तपुरमा सकियो मेलमिलाप सम्वन्धी अन्तरक्रिया


भदौ ५, २०८२, बिहीबार | राति ०७:२१ बजे | 205


भक्तपुरमा सकियो मेलमिलाप सम्वन्धी अन्तरक्रिया

भक्तपुर । मेलमिलाप परिषद्को आयोजनामा विहीबार भक्तपुर जिल्ला अदालत लिबाली भक्तपुरमा मेलमिलाप सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सर्वोच्च अदालतका न्यायाधिस तिलप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा भक्तपुर जिल्ला अदालतका न्यायाधिसहरु नारायणप्रसाद पौडेल, रामप्रसाद न्यौपाने, शिवप्रसाद पराजुलीलगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा मेलमिलाप परिषद् सचिवालयका सचिवालय प्रमुख अर्जुनप्रसाद कोइराला, भक्तपुर जिल्ला अदालतका श्रेष्तेदार हेमराज शर्मा, तहसिलदार दलबहादुर बजिमय, अदालतका सूचिकृत मेलमिलापकर्ता, मेलमिलाप केन्द्रमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रममा स्वागत तथा उद्देश्यमाथि मेलमिलाप परिषद् सचिवालयका सचिवालय प्रमुख तथा सर्वोच्च अदालतका सहरजिष्टार अर्जुनप्रसाद कोइरालाले प्रकाश पारेका थिए । कायक्रममा न्यायाधिस तिलप्रसाद श्रेष्ठले मेलमिलाप पद्धतिको प्रयोग किन र कसरी विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा छलफलमा उठेका प्रश्नहरुको उतर न्यायाधिस श्रेष्ठले नै दिएका थिए । कार्यक्रमको सञ्चालन शाखा अधिकृत रमेशप्रसाद आचार्यले गरेका थिए । 
f

Comments