नीलबाराही जनश्रमदाताको जेसीवीलाई ५० हजार जरिवाना
भदौ ४, २०८२, बुधबार | साँझ ०६:२० बजे | 340
भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिकाले मध्यपुर थिमि नगरपालिका वडा नं ९ नीलबाराहीका जनश्रमदानदाताले चलाएको जेसीवीलाई ५० हजार जरिवाना तोकेको छ । अवैध माटो उत्खनन् गरेको भन्दै नगरपालिकाले जेसीवीको साँंचो लिन उक्त रकम जरिवाना तोकेको हो । यसको पत्र हालै सार्वजनिकसमेत भएको छ ।
जेसीवी प्रहरी प्रभाग दुवाकोटमा छ । चालक आफ्नो घरमा छन् । साँंचो भने चाँगुनारायण नगरपालिकामा पुगेको जनाइएको छ ।
जनताले स्वतन्त्र रूपमा गरिएको श्रमदानमा लगेको माटोलाइ अबैध उत्खनन भनिएको भन्दै जनश्रमदाताको आपति छ । अझ अर्को पत्रमा त चोरी निकासी भनिएको थियो, एकजनश्रमदानदाताले भनेका छन् । रातारात शब्द बदलेर नगर प्रहरीले जनसहभागिता देखेर तर्सेर हामी चाबी यही छोड्छौ भनेर छोडेर गएकोमा रातारात यस्तो पत्र निकालेर ५० हजार जरिवाना तोक्नु सही हो ?, उनले प्रश्न तेर्साएका छन् ।
