नीलबाराहीको जनश्रमदाताः रातभरि पनि धर्नामै
भदौ ३, २०८२, मङ्गलबार | राति ०९:३६ बजे | 505
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ नीलबाराहीस्थित नीलबाराही संरक्षणका लागि जनश्रमदानमा जुट्दै आएका जनश्रमदाता २४ घण्टादेखि निरन्तर धर्नामै छन् । हिजो सोमबार साझदेखि धर्नामा रहेका उनीहरु रातभरि धर्नामै थिए । धर्ना मंगलबार रातिसम्म पनि जारी नै रहेको अभियानका सचिव अनिश वैद्यले जनाए ।
उनीहरु सवैजना भक्तपुरकै चाँंगुनारायण नगरपालिका वडा नं २ दुवाकोट कायालयसँंगैको दुवाकोट प्रहरी प्रभागमा धर्नामा रहेका हुन् । जनश्रमदानको क्रममा सोमबार प्रयोग भएको डोजर नियन्त्रणमा लिएपछि उनीहरुले विरोधस्वरुप धर्ना थालेका थिए ।
साँचो फिर्ता गरेर डोजर काममा लान नदिएसम्म धर्ना नटुंगिने उनीहरुले बताएका छन् । तर प्रहरीले भने साँंचो चाँंगुनारायण नगरपालिकालाई बुझाइसकेकोले साँंचो दिन नसकिने बताउँंदै आएका छन् ।
फाेटाेमा हेर्नुहाेस्...
