यस्तो वन्दैछ नीलबाराही क्षेत्र


भदौ ३, २०८२, मङ्गलबार | साँझ ०६:५८ बजे | 350


यस्तो वन्दैछ नीलबाराही क्षेत्र

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ स्थित प्रसिद्ध ऐतिहासिक, धार्मिक तीर्थस्थल नीलबाराही क्षेत्रलाई भुक्षयबाट जोगाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । यसको लागि मन्दिरको पूर्व र पश्चिमतर्फको पहिरो तथा भू–क्षय नियन्त्रणका लागि मध्यपुर थिमि नगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए)ले पहिरो चराण्मा करिब ९ करोड ४३ लाख ३९ हजार ८७५ रूपैयांको बजेटमा तत्काल कार्य थालिने भएको छ । 
मध्यपुर थिमि नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी यसको लागि भोलिदेखि नै काम सुरु हुने जनाएको छ । नगर प्रमुख सुरेन्द्र श्रेष्ठले भने, दुई वर्षमा २० करोड रुपँंयाले नीलबाराही क्षेत्रलाई आकर्षक बनाइनेछ । उनले भोलिदेखि नै ठेकेदारले फिल्डमा काम थाल्ने जनाए । 
पत्रकार सममेलनमा कार्यान्वयन गरिने योजनाको थ्रीडी नक्सासहितको डिजाइन पनि सार्वजनिक गरियो । यसअघि यो थ्रीडी सार्वजनिक गर्ने कायक्रम नीलबाराही क्षेत्रकै नीलबाराही रिसोर्टमा मंगलबार विहान ७ बजे निर्धारण भएको  थियो । तर स्थानीयको विरोधपछि कायक्रम हुन सकेन । त्यसपछि दिउँंसो पत्रकार सम्मेलन गरी कार्यक्रम गरिएको थियो । नीलबाराही मन्दिरको पश्चिमतर्फको पहिरो तथा भु–क्षय नियन्त्रणका लागि मध्यपुर थिमि नगरपालिका र काठमाण्डौ उपत्यका विकास प्राधिकरण (केभिडिए) ले कार्यान्वयन गरिने योजनाको श्री डि नक्सासहितको प्रस्तुतीकरण कार्यक्रम रोकिएको हो ।
 

Comments