नीलबाराही जनश्रमदानमा प्रहरी हस्तक्षेपः रातिसम्म प्रहरी चौकीमा धर्ना


भदौ २, २०८२, सोमबार | राति ०९:५८ बजे | 1805


नीलबाराही जनश्रमदानमा प्रहरी हस्तक्षेपः रातिसम्म प्रहरी चौकीमा धर्ना

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ नीलबाराहीमा जनश्रमदान गरेकाहरुले सोमबार रातिसम्म प्रहरी चौकीमा धर्ना दिएका छन् । नीलबाराही जनश्रमदानमा अवरोध गरेको भन्दै उनीहरु चाँंगुनारायण नगरपालिका वडा नं २ कार्यालय दुवाकोटसँंगै रहेको चौकीमा धर्नामा बसेका हुन् । 
जनश्रमदानको क्रममा प्रयोग भएको डोजर नियन्त्रणमा लिएपछि जनश्रमदानदाताहरु प्रहरी चौकीमा धर्नामा बस्न गएका हुन् । जिल्लाको मध्यपुर थिमि नगरपालिका वडा नं ९ नीलबाराहीमा चलाइरहेको डोजर नियन्त्रणमा लिएर जिल्लाकै चाँंगुनारायण नगरपालिका वडा नं २ दुवाकोटस्थित चौकीमा लिएर गएर डोजर नियन्त्रणमा लिएको थियो । 
हामीले नीलबाराही श्रमदानको काममा पहिरोले भत्किन लागेको ड्यामलाई बचाउन थुपारेको माटो लोड गर्ने क्रममा जेसिबी मेशिन नियन्त्रणमा लिएकाले हामी चागुनारायण नगरपालिका २ वडा कार्यालय नजिकैको प्रहरी चौकीमा साँंझदेखि रातिसम्म पनि धर्नामै छौं, श्री नीलबाराही क्षेत्र संरक्षण अभियानका सहसचिव निशुल प्रजापति राति १० बजे टेलिफोन सम्पर्कमा भने ।  उनका अनुसार प्रहरीले मौखिक उजुरी भन्दै साँंझ डोजर नियन्त्रणमा लिएर गएका थिए । 
नीलबाराही क्षेत्र संरक्षणको विषयमा मध्यपुर थिमि नगरपालिका र स्थानीयवीच विवाद छ । नगरपालिकाको कायालयले संरक्षण आफैं गछौं भनिरहेका छन् भने स्थानीयबासीहरुले नगरपालिकाले यसो भन्दै गरेको दस वर्ष भयो भन्दै आफैं मन्दिर जोगाउन जुटिरहेका छन् । मन्दिर वर्षामा पहिरोले बगाउने खतरामा छ । त्यसकारण अहिले मन्दिर अगाडि प्लाष्टिकले छोपिराखिएको छ । 
 

Comments