मलाई मार्नै लागेको थियो, त्यसकारण भागें, दुर्गा प्रसाई 


भदौ २, २०८२, सोमबार | साँझ ०५:५६ बजे | 180


मलाई मार्नै लागेको थियो, त्यसकारण भागें, दुर्गा प्रसाई 

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चैतको आन्दोलनमा आफूलाई मार्ने षडयन्त्र भएको बताएका छन् । यही कारण आफू भाग्नुपरेको उनको भनाई थियो । सोमबार आफनै निवास भक्तपुरस्थित कमेटारमा पत्रकार सम्मेलन गरी उनले त्यसलाई अरुले टायल गरेको बताए । 
उनले चाँडै नै दलको नाम घोषणा गर्ने पनि बताए । तर मिति भने तोकेनन् । पत्रकारको प्रश्नमा उनले भने, छिटै हुन्छ । पार्टीको नाम के राख्नेबारे पनि उनले केही खुलेनन् । 
उनले पार्टी राजावादी वा गणतन्त्रबादी कुन सिद्धान्तवादी हुन्छ त्यसबारे पनि केही खुलाएनन् । राजालाई हामीले नै ल्याएका हौ, उनले भने, म पनि राजा फाल्ने आन्दोलनमै लागेको हुँं । उनले राजासँंग भेटघाट गर्दा पनि यो कुरा सुनाएको सम्मेलनमा सुनाए । 
उनले राजा आउन चाहे आफूले बोकेर जाने नभए आफूलाई पनि मतलब नभएको सुनाए । उनले आफनो दल कुनै पनि राजनीतिक भन्दा भिन्न हुने बताए । राष्टिय प्रजातन्त्र पार्टीलगायतका कुनै पनि दलसँंग मिलेर अगाडि वढ्न नसक्ने उनले बताए । उनले भने, राष्टिय प्रजातन्त्र पार्टी पनि ठीक होइन, यसका अध्यक्ष राजेन्द्र लिंगदेल पनि । उनले राजेन्द्र लिंगदेल जस्तो ठग आफू नभएको स्पष्टीकरण दिए । उनले आफू कुनै पनि केसमा नफसेको क्लिन चिट भएको व्यक्ति भएको भन्दै विभिन्न कागजजातहरु देखाएर क्लिन चिट भएको स्वच्छ व्यक्ति भएको दावी गरे । 
पार्टी खोलेर अगाडि वढ्ने बताए पनि उनले रुपन्देही क्षेत्र नं ३ मा हुने चुनावमा आफनो पार्टी चुनावी प्रतिस्पर्धामा नजाने स्पष्ट पारे । उनले प्रश्न गरे, यहाँं २१ सिटले त केही गर्न सकेन भने एक सिट जितेर के हुन्छ र ? २०८४ को चुनावमा भने आफनो पार्टी सहभागी हुने र बहुमत ल्याउने दावी उनले गरे ।
आफनो पार्टी भुइँमान्छेको विचार बोक्ने पार्टी हुने उनले बताए । उनले भुइँंमान्छेले साथ दिने भएकाले आफूले बहुमत ल्याउने दावी पेश गरे । मलाई भुइँमान्छेको साथ छ, उनले भने, साथ दिएनन् भने पनि मेरो के जान्छ र उनीहरुकै जाने हो । 
उनले आफूलाई राजनीतिक चेत बोकेको व्यवसायी भएको बताए । आफू परिवार भन्दा नेपाल र नेपाली प्राथमिकतामा राखेर अगाडि वढ्ने बताए । जेल हालेर म डराएको भए किन फेरि पत्रकार सम्मेलन गरेर म अगाडि वढ्ने थिएँं र? उनले प्रश्न थपे, किन मैले यसरी मारवाडीलाई गाली गरेर वस्थे र ?  
राजनीतिले बिगारेको अवस्था सुधार्न आफू र अभियानका साथीहरूले दल खोल्ने अठोट गरेको उनको भनाइ छ । सो अवसरमा उनले आफूलाई किन्न खोजिएको पनि सुनाए । मलाई मेरो सवै श्रृण तिरिदिन्छु, तपाई चुप लागेर वस्नुस् पनि भने, उनले खुलाए, म अरु जस्तो विक्ने मान्छे होइन । 
सुरुमा गत १५ चैत्रमा राजावादीको तीनकुने आन्दोलनकोबारेमा चर्चा गर्दै उनले आफूलाई मार्ने षडयन्त्र त्यो बेला भएको दावी गरे । त्यही कारण ज्यान जोगाउनकै लागि आफू भाग्न बाध्य भएको उनको भनाई थियो । त्यो आन्दोलनमा चको रुपमा प्रस्तुत भएका उनले त्यही आन्दोलनमा संलग्न भएको आरोपमा आफूलाई सिध्याउन लागेको दावी गरे । तर संयोगबश आफू ज्यान जोगाउन सफल भएको उनले बताए । प्रसाईंले आफूलाई भौतिक रूपमा नै सिध्याउन खोजेको आरोप लगाउँदै सोहीकारण आफू भागेको तर्क पनि पेश गरे ।
आन्दोलनमा उग्र भएकै कारण गत चैत २८ गते प्रसाई पक्राउ परेका थिए । त्यसपछि उनी एक महिना १९ दिन डिल्लीबजार काठमाडौंमा जेल बसेर दुई हप्ता अगाडि मात्रै रिहा भएका थिए । रिहा भएपछि भएको यो उनको पहिलो पत्रकार सम्मेलन थियो । यसअघि पनि उनी समयसमयमा उनकै निवासमा पत्रकार सम्मेलन गर्दथे । तर अहिले नयांँ पार्टी खोलेर जाने जानकारी दिन सम्मेलन गरेको उनले बताए ।  
 

Comments