शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रम सम्पन्न


भदौ २, २०८२, सोमबार | विहान १०:०६ बजे | 405


शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रम सम्पन्न

ईश्वरी थापा

काठमाडौ । जिफन्ट आवद्ध रास्ट्रीय सौन्दर्यकर्मी युनियन नेपाल ( नाबुन) बागमती प्रदेश कमिटीले भदौ १ गते तीज विशेष शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । नाबुन बागमती प्रदेश अध्यक्ष ;करुणा पुरीको अध्यक्षतामा आइतबार काठमाडौ ,बसुन्धारामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संसदीय तथा स्थानीय तह समन्वय परिषद सदस्य तथा जिफन्ट आबद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन हुनको सस्थापक अध्यक्ष ;मन्त्री बिन्दु श्रेष्ठ,बसुन्धारा वडा अध्यक्ष को सौहार्द्पुर्बक उपस्थिति थियो । प्रमुख अतिथि एवं बागमती प्रदेश सरकारको उद्योग वाणिज्य ,भुमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले महिला सौन्दर्यकर्मीहरुमा तीजको हार्दिक शुभकामना व्यक्त गर्नु भयो । उहाँले सैलुन क्षेत्रको रोजगारमा बिदेशी पुरुष मात्र सिमित नभई महिलाले अन्तर्राष्ट्रिय प्रशिक्षण लिइ सन्चालनमा ल्याउन जोडदिनु भएको छ । स्वरोजगारमा आधारित महिला सौन्दर्यकर्मिहरुमा उद्योग वाणिज्य मन्त्रीका हिसाबले बागमती प्रदेशमा सहकार्य गर्ने,त्यसका लागि शारीरिक ,आर्थिक ,संगठन मजबुत बनाउन आग्रह गर्नु भएको छ । कार्यक्रममा नाबुन केन्द्रीय महासचिव ;सुजना जोशीले हरितालिका तीज २०८२ को शुभकामना दिनुहुँदै बागमती प्रदेशका सौन्दर्यकर्मीहरु स्वरोजगारको क्षेत्रमा अग्रणी स्थान बनाउन सफल हुनेमा बिस्वस्त भएको बताउनु भयो । कार्यक्रममा बागमती प्रदेशको तर्फबाट उद्योग वाणिज्य ,भुमी तथा प्रशासन मन्त्रीमा नियुक्त भइ कार्यभार सम्हाल्नु भएको ;बिन्दु श्रेष्ठलाई हार्दिक बधाई तथा सम्मान प्रदान गरिएको थियो । जानुकी श्रेष्ठको स्वागत , सचिब सरिता सिवाकोटीको सन्चालन रहेको कार्यक्रममा अतिथि ,बिशिस्ट अतिथी लगायत नाबुन बागमती प्रदेशको सौन्दर्यकर्मीहरुको भब्य उपस्थिति रहेको थियो ।

Comments