चाँंगुमा बस लिएर आएरै चोरी ? 


भदौ १, २०८२, आइतबार | राति १०:१६ बजे | 4175


चाँंगुमा बस लिएर आएरै चोरी ? 

भक्तपुर । भक्तपुरको चाँंगुमा बस नै लिएर चोरी गर्न आएको भेटिएको छ । चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलस्थित एउटा ईट्टाभट्टामा रोकी राखेको निसान ट्रकहरुबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा ती चोरहरुलाई पक्राउ गरिएको हो । बा ४ ख ४२८० नम्वरको बसमा आएका उनीहरुलाई स्थानीयले देखेर नियन्त्रणमा लिएका थिए । 
चोरीमा संलग्न बसको चालक, सहचालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । उनीहरुको साथबाट अन्दाजी ४० लिटर डिजेल पनि बरामद गरेको जनाइएको छ । बसलाई प्रहरी प्रभाग व्यासीबाट खटिएको टोलीले नियन्त्रणमा लिएका थिए । पछि जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याई पुरयाइएको थियो । 
पक्राउ पर्नेहरु 
१) बसको चालक काभ्रे पाँचखाल न.पा ११ घर भई हाल च्यामासिंह बस्ने बर्ष ३२ को सरोज सुनार ।
२) बसको सहचालक भक्तपुर चाँगुनारायण न.पा ७ बागेश्वरी बस्ने बर्ष ३२ को अमिर लामा, अवस्था बोल्न सक्ने, टाउकोमा चोट । ०४।३१ गते ०९;०० बजे डिस्चार्ज भएको ।
३) भक्तपुर सूर्यबिनायक न.पा ७ बस्ने बर्ष २७ को सुमन तामाङ, अवस्था बोल्न सक्ने, टाउको र खुट्टामा चोट । ०४।३१ गते ०९;०० बजे डिस्चार्ज भएको ।
४) काठमाडौं थानकोट घर भई हाल च्यामासिंह बस्ने बर्ष २७ की पुर्णिमा महर्जन ।
घटना मिति २०८२।०४।३१ गते ०१ः३० बजे । 
 

Comments