निर्वाचन आयोगलाई सिफारिस
माघ ११, २०७७, आइतबार | दिउँसो ०२:०३ बजे | 30
भक्तपुर । आज मिति २०७७।१०।११ गते आइतबारका दिन जिल्ला मतदान स्थल तथा मतदान केन्द्रका संयोजक एवंम प्रमुख जिल्ला अधिकारी श्री प्रेम प्रसाद भट्टराई ज्यू को अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बैठक बसी निम्नानुसारको निर्णय गरी निर्वाचन आयोगलाई सिफारिस गर्ने सहमति भयो ।
बैठकमा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख श्री सोम प्रसाद मिश्र, भक्तपुर नगरपालिकाका उपप्रमुख श्री रजनी जोशी, सूर्यविनायक नगरपालिकाका उपप्रमुख श्री जुना बस्नेत तथा अन्य प्रतिनिधिहरुका साथै जिल्ला स्थित क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सबै सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।
निम्न
१) भक्तपुर नगरपालिका वडा नं ६ मा रहेका दुईवटा मतदान स्थल पाँच नं वडा कार्यालय र बाल बोध शान्ति माध्यामिक विद्यालय चोछेको भवन सानो भएकोले दुईवटै मतदान स्थलका मतदातालाई पायक पर्ने स्थान ख्वप कलेज भक्तपुर नगरपालिका वडा नं ६ लाई नयाँ मतदान स्थल कायम गर्ने ।
२) भक्तपुर नगरपालिका वडा नं २ को मतदान स्थल शारदा मावि यालाछेंको स्थान साँघुरो भएको हुदा भक्तपुर नगरपालिकाको भवनलाई नयाँ मतदान स्थल कायम गर्ने ।
३) भक्तपुर नगरपालिका वडा नं ५ को मतदान स्थल वरदायणी माध्यामिक भवगतिस्थानको भवन साँघुरो भएको हुदा सोही वडाको आदर्श आजाद मा.वि. भेलुखेललाई नयाँ मतदान स्थलको रुपमा कायम गर्ने ।
४) सूर्यविनायक नगरपालिका वडा नं ५ को मतदान स्थल महेन्द्र माध्यामिक विद्यालय भवन साँघुरो भएको हुँदा सोही वडामा रहेको कटुञ्जे आधारभुत विद्यालयलाई नयाँ मतदान स्थलको रुपमा कायम गर्ने ।
५) मध्यपुर थिमि नगरपालिका वडा नं ९ को मतदान स्थल हेल्थपोष्ट ठिमि साँघुरो भएको हुँदा सोही वडामा रहेको कृषि बिकास बैंक तालिम केन्द्रलाई नयाँ मतदान स्थलको रुपमा कायम गर्ने ।
६) मध्यपुर थिमि नगरपालिका वडा नं ३ मा रहेको मतदान स्थल जनप्रमी आधारभुत विद्यालय कौशलटारको भवन साँघुरो भएको हुँदा सोही वडामा रहेको आदर्श जनप्रेमी कलेजलाई नयाँ मतदान स्थल कायम गर्ने ।
मतदान स्थल तथा केन्द्र भएको भ्हअभ िँष्भि यसैसाथ संम्लग्न राखि पठाइएको छ ।
साविकमा कायम मतदाता संख्याः १७८०९९
अब कायम हुने अनुमानित मतदाता संख्याः १८५५९१
साविकमा कायम मतदान स्थलः ७८
साविकमा कायम मतदान केन्द्रः २०९
अब कायम हुने अनुमानित मतदान स्थल संख्याः ७७
अब कायम हुने अनुमानित मतदान केन्द्र संख्याः २१५
सूचना अधिकारी
भिम बहादुर बिसी
जिल्ला निर्वाचन कार्यालय भक्तपुर ।