Pabson Singing Star. कार्यक्रम सम्पन्न


साउन २९, २०८२, बिहीबार | विहान १०:१२ बजे | 415


Pabson Singing Star. कार्यक्रम सम्पन्न

प्याब्सन जिल्ला आयोलजनामा प्याब्सन गायन तारा कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा मोर्डन इ. स्कुलले प्रथम स्थान हासिल गर्न सफल रले ह्यो भने साहारा राष्ट्रीय विद्यालय र मेरिगोल्ड इ. बोर्डिङ स्कुलले क्रमश: दोश्रो र तेश्रो स्थान हासिल गर्न सफल भए । त्यस्तै एभरेष्ट इ. स्कुल, विङ्स एकेडेमी, चाणक्य सेकेण्डरी स्कुल, प्रेसस इ. स्कुल र मित्रश्री पाठशालाले सान्त्वना स्थान प्राप्त गर्न सफल रहे । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम कार्यक्रमका संयोजक तथा जिल्ला उपाध्यक्ष विजय कर्माचार्यको सभाध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय प्याब्सनका वरिष्ठ उपाध्यक्ष दीपिका रिमाल थापा, जिल्ला अध्यक्ष राजन कसपाल, केन्द्रीय कोषाध्यक्ष गणेशबाबु पोखरेल, केन्द्रीय उपमहासचिव भुवनलाल श्रेष्ष्ठ, बागमती प्रदेसका वरिष्ठ उपाध्यक्ष सानुराना कार्की लगायतक उपस्थिति रहेको थियो । प्रतियोगितामा सुपरिचित गायक लोचन भट्टराइ, कोमल महर्जन, नारायण ओलीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा चर्चित बाल कलाकार अशोक दर्जीले पनि आफ्नो प्रस्तुति दिनुभएको थियो । कार्यक्रमको सञ्चालन ECA उपसमितिका सदस्य राम निरौला र धन्यवाद ज्ञापन ECA उपसमितिमा सहसंयोजक कृष्ण कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Comments

ताजा खबर