मौलाशोभा राई आमा सम्मान’ हर्क साम्पाङकी माता जसमायालाई प्रदान गरिने


साउन २८, २०८२, बुधबार | राति ०९:१९ बजे | 250


मौलाशोभा राई आमा सम्मान’ हर्क साम्पाङकी माता जसमायालाई प्रदान गरिने

मौलाशोभा राई आमा सम्मान’ धरानका प्रमुख हर्क सामपाङकी माता जसमाया राईलाई प्रदान गरिने भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा सम्मान आयोजक समितिका संयोजक डा.सुकराज राईले उक्त सम्मानको घोषणा गरे । केपिलास गढी-२ खोटाङ,हाल धरान बस्ने राईलाई रु.५००००। नगदराशी सहित उक्त सम्मान एक समारोहबीच प्रदान गरिने उनले बताए । नेपाली राजनीति र समाजसेवा,श्रमअभियान,विकास र सुशासन अभियानमा हर्क साम्पाङले गरेको योगदान स्वरुप उनकी आमालाई सम्मानित गर्न लागिएको पनि उनले बताए । गत वर्षदेखि प्रदान गरिदै आएको उक्त सम्मान अनलाइन अभिलेख प्रा.लि.का संस्थापक मौलाशोभा राईका सुपुत्र साहित्यकार डा.पुरण राईले उक्त सम्मानको स्थापना गरेका हुन् । डा.पुरण राईको जन्म दिनको अवसर पारेर सम्मान घोषणा गरिएको हो ।सम्मान चयन समितिमा डा.सुकराज राईको संयोजकत्वमा टंक भट्टराई , सम्पदा सुब्बा,योगेन्द्र राई,डिल्लिरमण सुवेदी सदस्य रहेका छन् ।

Comments