भक्तपुरका सिडिओ अर्थ मन्त्रालय सरुवा


साउन २८, २०८२, बुधबार | राति ०७:३६ बजे | 555


भक्तपुरका सिडिओ अर्थ मन्त्रालय सरुवा

काठमाडौं ः सरकारले एकैपटक ७२ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो।
सरुवा हुनेमा रुद्रप्रसादृ लामिछानेलाई थारू आयोग, हेमराज सुवेदीलाई स्वास्थ्य मन्त्रालय, निता पोखरेल अर्याललाई स्वास्थ्य मन्त्रालय, भूपेन्द्र थापालाई उद्योग मन्त्रालय, प्रदीपकुमार कोइरालालाई राष्ट्रपति कार्यालय, रमेश ढकाललाई गण्डकीको मुख्यमन्त्री कार्यालय, कृष्ण पौडेललाई रक्षा मन्त्रालय, केशवराज ढकाललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, श्रीराम ठाकुरलाई अख्तियार र ईश्वर राज पौडेललाई उद्योग मन्त्रालयमा सरुवा गरिएको हो। यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी भतरमणि पाण्डेलाई अर्थ मन्त्रालय सरुवा गरिएको हो । उनी भक्तपुर आएको केही महिना मात्रै भएको थियो । 

Comments