Voice of Bagiswori सिजन ४ काे अडिसन सम्पन्न
साउन २७, २०८२, मङ्गलबार | साँझ ०६:४२ बजे | 840
भक्तपुर, २७ श्रावण
वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा संचालन हुदै आएको भ्वाइस अफ वागीश्वरी सिजन 4 अन्तर्गत आज प्रथम चरणको प्रतियोगिता Audition Round आज सम्पन्न भएको छ । कार्यक्रमका संयोजक नविन्द्रलाल कर्माचार्यका अनुसार आजको चरणमा विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा अध्ययनरत जम्मा ६८ विद्यार्थीहरूले भाग लिएका थिए। करिब ११ बजे देखि सुरु भएको कार्यक्रममा विद्यार्थीहरुले आफूले रोजेका गीतहरू ट्रयाकबिना गाएका थिए । सो चरणमा निर्णायक मण्डलमा गायक तथा संगित संयोजन कर्ता गनु राज राई र गायक तथा कार्यक्रम संयोजक नविन्द्र लाल कर्माचार्य रहनु भएको थियो। आजको चरणबाट १५ प्रतियोगीहरु अर्को चरण Karaoke Round मा प्रवेश गर्न सफल भएका छन्। यस चरणको रेकर्ड प्रसारण भने बुधबार साँझ सम्ममा प्रसारण हुने जानकारी प्राप्त भएको छ । छनौट भएका विद्यार्थीहरुको नामावली स्कूलको अफिसियल पेजमा प्रकाशित गरिसकेको छ। कार्यक्रममा साउण्ड पार्टनरका रूपमा बास साउण्ड , रेडियो पार्टनरको रूपमा भक्तपुर एफएम, इभेन्ट पार्टनरमा बाला इभेन्ट, वार्डरोव पार्टनर ड्रेस हायर पोइन्ट र ब्युटि पार्टनरका रूपमा सनम मेकअप स्टुडियो रहेका छन्। कार्यक्रममा आइकन म्युजिक एकेडेमी , संगीतग्राम गुरुकुल नेपाल, नेपाल इको प्यानेल, हाम्रो पुस्तक भण्डार , लक्ष्मी ह्याण्डिक्राफ्ट, सरस्वती इन्टरप्राइजेज, ए वान टेलरिङ्ग सेन्टर, मयूर प्रिन्ट्स, गोरखा ईको प्यानल, सेवा निवृत्त शिक्षक समाज तथा विवेक साउण्ड स्टुडियोले प्रायोजन गरेकाे जानकारी छ।