को हुन् गाईजात्रामा कुटपिट गरी समातिएका युवाहरु ?
साउन २७, २०८२, मङ्गलबार | साँझ ०६:२७ बजे | 1435
भक्तपुर, साउन २७
साउन २५ गतेको भक्तपुरको गाइजात्रामा कुटपिटमा संलग्न तीन जना युवाहरुलाइ प्रहरीले मंगलबार पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं. ५ टौमडी (पाँचतले मन्दिर) परिसरमा गाईजात्रा पर्व मनाउने क्रममा झैझगडा भइरहेको भिडियो सामाजिक सञ्जालमा फैलिएको घटना सम्बन्धमा छानविनपछि कुटपिटमा संलग्न उनीहरुलाइ पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । पक्राउ पनेहरुमा ललितपुर कोन्ज्योसोम गाउँपालिका वडा नं. ०१ स्थायी वतन भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं.०६ पाण्डुबजार बस्ने बर्ष २२ को महेश तामाङ, भक्तपुर नगरपालिका वडा नं. ०५ भेलुखेल बस्ने वर्ष ३४ को अमन देउला र भक्तपुर नगरपालिका वडा नं. ०५ साकोठा बस्ने वर्ष ३४ को राज कपाली रहेको प्रहरीले जनाएको छ । घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत ढुण्डीराज नेउपानेले जनाए ।
