जरो किलो प्रतिष्ठान नेपालले विश्व संस्कृत दिवस कार्यपरिषद् गठन
माघ १०, २०७७, शनिबार | दिउँसो ०२:३९ बजे | 30
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषि तर्पणी) को दिनमा मनाइने विश्व संस्कृत दिवसलाई राष्ट्रिय तथा वैश्विक मान्यताका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन जरो किलो प्रतिष्ठान नेपालले विश्व संस्कृत दिवस कार्यपरिषद् गठन गरेको छ । कार्यपरिषद्मा त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय तथा काठमाडौँ विश्वविद्यालयमा प्राध्यापनरत विद्वानहरूका साथै स्वतन्त्र अध्येताहरू रहेका छन् ।
संस्कृत भाषा तथा वाङमयका क्षेत्रमा कार्यरत वरिष्ठ विद्वानहरू सम्मिलित रहने गरी सल्लाहकार समिति गठन गरिनेछ जरो किलो प्रतिष्ठानले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।