३१ औं आदिवासी दिवस भब्यरुपमा सम्पन्न
साउन २५, २०८२, आइतबार | दिउँसो ०३:५१ बजे | 330
भैरहवा । नेपाल आदिवासी जनजाति महासघ, सिद्धार्थनगर समिति, भैरहवाले ३१ औँ विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न गरेको छ। सिद्धार्थनगर भैरहवा स्थित युनिक ब्यान्क्वेटमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगरका प्रमुख इस्तियाक अहम्मद खानले बृक्षगमलामा जलधार दिई ३१ औ आदिवासी दिवस समारोहको उद्घाटन गर्नुभएको हो। उक्त कार्यक्रमका प्रमुख वक्ता समेत रहनुभएका खानले आदिबासि जनजातिहरुको पहिचान कला संस्कृतिको उच्च प्रसंशा गर्नु भयो। साथै केही अगुवा जनजातिहरु आफुलाई जनजाति भनेर चिनाउन हिच्किचाई रहेको गुनासो पनि गरे। मैले यहाँ धेरै उच्चतह रहेका नामावलि देखे तर उनिहरु आएकाछैनन। आजको यो दिन धेरै महत्वपुर्ण दिन होनि। तसर्थ जनजाती भित्र पनि समस्या रहेको औल्याए। म नगर प्रमुखको हैसियतले जनजातिका समस्यालाई समाधान र उहाँहरुको पहिचानलाई जगेर्ना गर्न नगरपालिका सधै तयार रहेको बताए। यसै बिच आदिवासीलाई बजेट नदिएको सवालमा मेयरले प्राशकिय तर्फ त्रुटि भएको भन्दै आगामि दिनमा सक्दो सहयोग गर्ने बाचा गरे। कार्यक्रममा बिशेष वक्ताको रुपमा रहेका नेपाल सरकारका पुर्व सहसचिव अनिल गुरुङ्गले आदिवासी जनजातिबारे एक अध्यन र कार्यपत्र नै प्रस्तुत गरेका थिए। गुरुङले विभिन्न सरकारी निकाएमा आदिवासीहरुको उपस्थिति न्यून रहेको एक तथ्यांक नै पेश गरे। हरेक निकायमा आदिवासीको उपस्थिति न्यून रहनु भनेको मुलुक अझ असफल तर्फ जाने बताउनु भयो। कार्यक्रममा बोल्दै युवा नेता तथा आदिवासी जनजाति महासंघका सघीय परिषदका पुर्व सदस्य राम अस्लामी मगरले सन १९९३ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको ९ अगस्टलाई बिश्व आदिवासी दिवस मनाउने गरेको बताए।बिश्वमा आदिवासीहरु ६० करोड भन्दा धेरै रहेको र उनिहरु संसारको नब्बे भन्दा धेरै देशहरुमा बस्दै आएको बताए। संसारमा आदिवासीहरुको मुद्धा संबोधन हुँदै गर्दा नेपालका सासकहरुले आदिवासीको मुद्धालाई घाँटी निमोठ्ने काम भएको छ। यसै सन्दर्भमा स्थानीय सरकारले गरेको व्यबहार प्रती अस्लामीले दुख ब्यक्त गरे। त्यसै गरि स्थानीय एमालेका नेता उमेश लाटामगरले आदिवासी जनजातिहरूको समस्या गम्भीर समस्या भएको र यो वर्गीय मुद्दासित समेत जोडिने भएकाले कम्युनिस्ट हरुले अझै जोडतोडले मनाउनु पर्ने बताए। हिजो आदिवासीको बारेमा बोल्दा जातीय आरोप लगाउथे। आजकल सबै कम्युनिस्ट पार्टीहरुले आदिवासीका भातृसंगठन नै खोलेर टाठाबाठा गैर आदिवासीहरुनै तिनिहरुमा नेता कहलिएका छ्न। अर्का बक्ता तथा ईतिहासबिद बिजय सागर श्रेष्ठले आदिवासीहरुको मुक्तिको लागि आदिवासीले नै नेतृत्व गरेको राजनीतिक शक्ति बनाउने निस्कर्शमा पुगेको बताएकाछन। उनले भनेका छन आज सम्म आदिवासीलाई सत्तामा पुग्ने भर्याङ मात्र बनाए। दोश्रो बिश्व युद्धको अन्त्य पछि संयुक्त रास्ट्रसंघले घोषणा गरेको ९ अगस्ट आज तीन दशक बितिसक्दा पनि आदिवासीको अबस्था जस्ताको तस्तै रहनु भनेको बढो बिड्म्बना रहेको बताए। अब आदिवासीले कुरो बुझ्नु पर्दछ। कार्यक्रममा बिभिन्न कला संस्कृति र नृत्य प्रस्तुत गरेका कलाकार, आदिवासी बक्तित्वकलामा उतिर्ण भएका तथा समाजका बिशिस्ट ब्याक्तित्वहरुलाई बिशिस्ट अतिथी तथा आदिवासी जनजाति महासंघ, जिल्ला उपाध्यक्ष ईन्द्र कुमार राईले मायाको चिनो र सम्मान पत्र प्रदान गर्नु भएको थियो। साथै राईले सिद्धार्थनगर समितिले गरेको यश कार्यक्रमको उच्च मुल्यांकन गरेका थिए। विभिन्न संघ संस्थाबाट आफ्नै भेसभुसा सजिएर पाल्नु भएका सबै तह र तप्कालाई बिशेष धन्यवाद दिनु भयो। आगामी दिनमा अझै भब्य र सब्य रुपमा नगरले कार्यक्रम गर्नेछ भनी शुभकामना पनि दिनु भयो। कार्यक्रममा बोल्दै नगर प्रमुखले आदिवासीको सवालमा आउने दिनहरुमा धेरै काम गर्ने बताए। साथै आदिवासीका निम्ति विभिन्न सिपमुलक तालिप भासा संस्कृति संरक्षण लगाएतका विषयमा काम गर्न सकारात्मक भएको बताए। कार्यक्रममा बिभिन्न कालखण्डमा शाहदत प्राप्तगर्नु भएका महान शहिदहरूप्रति एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा आदिवासी पहिरनमा सजिएर उपस्थिति भएका सबै वडाबाट जातीय पहिरनको पहिचान प्रस्तुत गरेका थिए। साथै आदिवासी कला संस्कृति सोरठी, झ्याउरे, थारु गुरुङ्ग र मगर नृत्य लगायतका विभिन्न कला संस्कृति र नृत्य स्थानीय कलाकारले प्रस्तुत गरेका थिए। कार्यक्रममा नगरका सबै वडाका जातीय संघका प्रतिनिधिले आ-आफ्नो संघको तर्फ देखि शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासङ्घ, सिद्धार्थनगर समितिका अध्यक्ष चन्द्र बहादुर रानामगरले गरेका थिए भने सञ्चालन महासङ्घका उपाध्यक्ष प्रेम बहादुर गुरुङ्ग र स्वागत महासंघका कोषाध्यक्ष सुकमाया गुरुङ्गले गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा उपस्थिति पाहुनाहरुलाई नेवारी खाजा परिकारबाट भोजन गराई भब्यरुपमा सम्पन्न गरिएको अध्यक्ष रानाले बताउनु भयो। र कार्यक्रम को दौरानमा कहि कतै त्रुटि कमिकम्जोरी भए निसन्देह सुझाव सल्लाह दिन संघका उपाध्यक्ष तथा कार्यक्रम संचालन प्रेम गुरुङ्गले बताए।
फाेटाेमा हेर्नुहाेस्...
