४७ औ स्थापना दिवसको अवसर अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न
माघ १०, २०७७, शनिबार | विहान ११:२० बजे | 35
भक्तपुर । नेपाल क्रान्तिकारी शिक्षक संघ र नेपाल प्राध्यापक समाज वागीश्वरी एकाइ समितिको संयुक्त आयोजनामा नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले पूजीवादी व्यवस्थाले व्यापक कामदार जनताको हितमा काम नगर्ने स्पष्ट पार्दै समाजवादी गणतन्त्रमा मात्र शोषित पीडित श्रमिक जनताको मुक्ति हुने बताउनुभयो ।
विरोधीहरुले नेमकिपालाई सधैं उल्टो उल्टो कुरा गर्ने पार्टीको रुपमा चित्रण गरिरहदा उहाले देशलाई राजनीतिक संकट परेको कुनै पनि समयमा नेमकिपा प्रकाश स्तम्भको रुपमा उभिएको स्पष्ट पार्नुभयो । उहाले थप्नुभयो, ‘पूजीवादी निर्वाचनमा भाग लिने सन्दर्भमा, ०६२÷६३ को आन्दोलनमा संसद पुनःस्थापनाको विषयमा नेमकिपाले नै निकास दिने काम गरेको हो ।’
दुःखको मुख्य कारण शोषण हो भन्ने माक्र्सवादी दर्शनलाई आत्मसात् गरेको नेमकिपाले कामदार जनतालाई राजनैतिक रुपमा सचेत र सङ्गठित गरी समाजवादी क्रान्तिको आधार तयार गरिरहेको उहाले बताउनुभयो ।
पूजीवादले उपभोक्ता र उत्पादकबीचको सम्बन्धलाई तोडेको बताउदै उहाले विचौलिया र नाफामुखी समाजले गर्दा कामदार जनता दुःखमा पिल्सिरहेको स्पष्ट पार्नुभयो ।
यही गतिमा पृथ्वीको प्राकृतिक स्रोत साधन दोहन गरिरहने हो भने ६ सय वर्षपछि पृथ्वीको तापक्रम २०० डिग्री सेल्सियस पुग्ने हकिन्सको भनाई उद्धृत गर्दै उहा“ले पू“जीलाई सीमित व्यक्तिहरुको हातमा केन्द्रीकृत गर्ने पूजीवादी चिन्तनबाट विकास भएको ओद्योगिकरणले गर्दा पृथ्वीको विनास हुदै गएको हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक संघ केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले दुई तिहाईको सरकारले शासन गर्न नसकेको अवस्थामा नया जनादेशमा जाने निर्णय औचित्यपूर्ण भएको स्पष्ट पार्दै करोडौं खर्च गरेर सत्तामा पुगेका नेकपाका नेताहरु लगानी उठाउनका लागि सडकबाट संसद पुनस्थापना गर्न लागिपरेकोमा खेद प्रकट गर्नुभयो ।
नेमकिपा निर्वाचनबाट बहुमत ल्याई समाजवाद स्थापना गर्न सकि“दैन भन्ने स्पष्ट सैद्धान्तिक अडानमा अगाडि बढेको बताउ“दै उहा“ले निर्वाचनलाई जनताको राजनीतिक सचेतता मापन गर्नका लागि उपयोग गर्दै आएको स्पष्ट पार्नुभयो ।
‘माओवादी जनयुद्ध’ मा देशको आमूल परिवर्तनका लागि जीवन आहूति दिएका नेपालीहरुको बलिदान खेर गएको स्पष्ट पार्दै उहा“ले जनताहरु राजनैतिक सैद्धान्तिक रुपमा स्पष्ट, सचेत र संगठित नभई गरेको क्रान्ति बलिदानमा टुङ्गिने बताउनुभयो ।
‘श्रमिक’ र ‘मजदुर’ दैनिक कामदार जनताको विचार बोकेको आस्थाको पत्रिका भएको स्पष्ट पार्दै राजनैतिक र सांस्कृतिक चेतनास्तरलाई माथि उकास्नको लागि प्रकाशित लेख रचनाहरु अध्ययन गर्नमा जोड दिनुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले जनतालाई राजनैतिक रुपले शिक्षित बनाउने रात्रीकालीन कक्षाबाट सुरु गरेको नेमकिपाको शैक्षिक अभियान आज विश्वविद्यालय स्थापनाको लागि समेत तयार रहेको जानकारी दिंदै देशलाई आत्मनिर्भर बनाउन श्रममा जोडिएको शिक्षा लागू गर्न नेमकिपा प्रयासरत छ भन्नुभयो ।
नेपाल प्राध्यापक समाज वागीश्वरी एकाइ समितिका अध्यक्ष ग्याहेन्द्र प्रसाद दाहालको सभापतित्वमा भएको कार्यक्रममा प्रा.डा. सिद्धिवीर कर्माचार्य, वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, शिक्षकहरु विश्वेश्वर मानन्धर, भानुभक्त हुमागाई, पवित्राकुमारी शाही र राजन चौगुठीले पनि बोल्नुभएको थियो ।