भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी लि. मा आ. व. २०७७र०७८ को अर्धषार्षिक समीक्षा तथा नव नियुक्त उपसमितिका पदाधिकारी एवम् सदस्यहरुलाई एक समारोहका बिच शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सभा हलमा सम्पन्न सो कार्यक्रममा सञ्चालक समितिले नियुक्त गरेका पुराना र नयाँ उपसमिति गरी जम्मा ११ वटा यपसमितिका पदाधिकारीहरुलाई अध्यक्ष श्री रामकृष्ण मानन्धरले शपथग्रहण गराएका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै सस्थापक अध्यक्ष श्री हरिराम लवजूले कोबिडको महामारीले संस्थालाई पारेको असर, कार्यक्षेत्र बिस्तार, संस्थाको ६ महिनाको आर्थिक अवस्थाको समीक्षा गर्दै प्रत्येक सदश्य एवम् पदाधिकारीहरु इमान्दारीपूर्वक जिम्मेवार हुनसके संस्थाको प्रगति गर्न गाह्रो नहुने कुरा बताए र कर्तव्य पूरा गर्न क्रियाशील हुनुपर्ने आवश्यकता माथि प्रकाश पारे ।
[[img2]]
सञ्चालक समितिका अध्यक्ष श्री रामकृष्ण मानन्धरले कार्यक्रममा सहभागी भएका तथा सहजीकरण गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दैसंस्थाको निक्षेप संकलन ,ऋण प्रवाह र सदस्यता बृद्धिमा बिशेष जोड दिनुपर्नै कुरा बताए ।
सञ्चालक समितिका सचीव श्री बिश्वबहादुर दुवालले प्रत्येक सिहावलोकन कार्यक्रमले बिगतको कमी कमजोरीलाई सच्याउन सहयोग गर्ने कुरा बताउँदै भावी दिनका लागि मार्ग निर्देश हुने कुरा बताए । सो कार्यक्रममा लेखा अधिकृत श्री उमा प्रजापतिले अर्धवार्षिक आर्थिक एवम् प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
[[img3]]
संञ्चालक समिकिा कोषाध्यक्ष श्री सूर्वण केशरी दुवालले स्वागत भाषण गरेको सो कार्यक्रममा पूव प्राध्यापक श्री बिश्वमोहन जोशी, कृष्णगोपाल कुसी, पशुपतिभक्त राय, बिरेन्द्रकाजी प्रधानाङ्ग, रेणु त्वानाबासू, कृष्णगोपाल लागेजू लगायतकाले आ आफुनो बिचार व्यक्त गरेका थिए ।