भक्तपुरभरि काटियो तार 


साउन २३, २०८२, शुक्रबार | राति ०७:२१ बजे | 335


भक्तपुरभरि काटियो तार 

भक्तपुर । गाईजात्राका लागि भक्तपुर नगरका मुख्यमुख्य पुराना बजारहरुमा अव्यवस्थित रुपमा रहेका तारहरु काटिएका छन् । गाईजात्रामा ताहासा (गाईको प्रतिकको रुपमा बनाइने) लान अप्ठेरो नहोस् भनेर जात्रा व्यवस्थित गर्न तारहरु काटिएका हुन् । जात्रामा अप्ठेरो पार्नसक्ने विजुली, टेलिफोन, इन्टरनेटलगायतका तारहरु काटिएका हुन् । 
जात्रामा नगर घुमाइने मृतकको प्रतिकका रुपमा बाँंसबाट बनाइने ताहासा अग्लो हुन्छ । गाईजात्राका क्रममा भक्तपुर नगरभरि यस्ता सयौं तहासाहरु परिक्रमा गराउने गरिन्छ । यही कारण यसलाई घुमाउन असहज नहोस् भनेर जात्रा लाग्ने नगरका मुख्यमुख्य बाटाहरुमा रहेका तारहरु काटिएका हुन् । विशेष गरेर बाटोको दुइछेउ वारपार गरी तानिएका होचा तारहरु काटिएका हुन् । 
भक्तपुरसहित काठमाडौं उपत्यका र देशभर आइतबार धुमधामका साथ जात्रा मनाइँंदैछ । जात्राका क्रममा भक्तपुरमा भक्तपुर नगरका मुख्यमुख्य मार्गहरुमा जात्रा लाग्ने गर्दछ । नगरको न्यातापोल (पाँंचतल्ले मन्दिर), गहिटी, नासमना, इटाछें, खौमा, दरवार क्षेत्र, पुरानो अरनिको सभाभबन, चोछें, भोलाछें, महालक्ष्मी, नागपोखरी, सूयमढी, दतात्रय, इनाचो, गोल्मढी, सुकुलढोका हुँंदै पाँंचतल्ले मन्दिर पुग्ने जात्रा लाग्ने गर्दछ । यही रुटमा रहेका मुख्य बजारहरुका तारहरु काटिएका हुन् । 
भक्तपुर नगरपालिकाले नगरपालिकाका कर्मचारी, नगर प्रहरीलगायतको सहयोगमा तारहरु काटिएका हुन् । त्यसका लागि नगरपालिकाले भक्तपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष उपेन्द्र सुवालको संयोजकत्वमा तार व्यवस्थापन समिति गठन गरेको थियो । समितिको नेतत्वमा तार काट्ने काम भएको हो । 
संयोजक सुवालले जात्रा सञ्चालन गर्न अप्ठेरो पार्नसक्ने तारहरु काटिएको जानकारी गराए । यसअघि यससँंग सरोकार राख्ने विद्युत, टेलिकम, इन्टरनेट कम्पनीलगायतसँंग छलफल चलाएको उनले सम्झे । छलफलपछि आवश्यक जात्रा चल्ने मुख्यमुख्य बजारहरुका तारहरु काटिएको जानकारी उनले गराए । दुइतीन दिन लगाएर दजनौं कर्मचारीहरु खटाएर शुक्रबार तार काट्ने काम सकियो, तार काटिरहेको ठाउँं खौमामा भेटिएका उनले शुक्रबार भने । नगरभरिका मुख्यमुख्य बजारका ठाउँंहरुमा लहरै तारहरु काट्दै शुक्रबारसम्ममा सवै काम सम्पन्न भइकेको जानकारी उनले गराए । 
यसैवीच भक्तपुर नगरपालिकाले २०८२ को गुन्हीपुन्ही र सापारु पर्व (गाइजात्रा) लाई लक्षित गरी सापारु प्रदक्षिणा मार्गमा शुक्रबार सचेतनामूलक सफाइ कार्यक्रम आयोजना ग¥यो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा दत्तात्रय–सूर्यमढी–क्वाठण्डौं–नागपोखरी–महालक्ष्मीस्थान–भोलाछेँ–चोछेँ–त्रिपुरासुन्दरी–दरबार क्षेत्र र उपप्रमुख रजनी जोशीको नेतृत्वमा दत्तात्रय–गोल्मढी–सुकुलढोका–टौमढी–नासमना– वंशगोपाल–इटाछेँ हुँदै सरसफाइ ¥याली खौमामा पुगी सभामा परिणत भएको थियो ।
विभिन्न विद्यालयका विद्यार्थीहरूसहितको उल्लेख्य सहभागितामा सम्पन्न सरसफाइमा विद्यार्थीहरूले सन्देशमूलक नारा लेखिएका प्ले—कार्डसहित नगर परिक्रमा गरेका थिए । सरसफाइ कार्यक्रममा सहकारी, टीम, पुस्तकालय तथा वाचनालयका प्रतिनिधि तथा जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको उत्साहजनक सहभागिता थियो ।
 

Comments