नेपाल पत्रकार महांसंघ जिल्ला शाखा भक्तपुरको २२ औं साधारण सभा सम्पन्न


माघ १०, २०७७, शनिबार | विहान ०९:०७ बजे | 30


भक्तपुर । नेपाल पत्रकार महांसंघ जिल्ला शाखा भक्तपुरको २२ औं साधारण सभाको अवसरमा जिल्लाका दुई जना अग्रज पत्रकारहरुलाई सम्मान गरिएको छ ।
आज भएको साधारण सभामा भक्तपुरका पत्रकारद्वय बरिष्ठ पत्रकार कविर राणा र राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार रत्नकृष्ण श्रेष्ठलाई सम्मान गरेको हो ।
देशान्तर मिडिया प्रा. लि.का निर्देशक एंव वरिष्ठ पत्रकार राणालाई भगवान दास महर्जन स्मृति पत्रकारिता पुरस्कारबाट नगद रु.१० हजार रुपैयाँ, दोसला ओढाई समानपत्र सहित सम्मान गरिएको हो भने राससका पत्रकार श्रेष्ठलाई मैंयादेवी स्मृति पत्रकारिकता पुरस्कारबाट नगद २ हजार ३ सय रुपैयाँ दोसला ओढाई समानपत्र सहित सम्मान गरिएको हो । पत्रकारद्वयलाई महासंघको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले सम्मान गरेका हुन ।

कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष विरहीले सरकारको पछिल्लो कदमले लोकतन्त्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा धरापमा परेको बताउनु भयो । यसलाई जोगाउन पत्रकारहरुले चनाखो भई लाग्नुपर्ने  उहाँले बताउनु भयो ।
[[img2]]
कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष दिलिप थापामगरले संविधानको प्रस्तावनामै ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्ने सरकारको कदम मान्य नहुने बताउनु भयो ।
त्यस्तै महासंघका महासचिव रमेश विष्ट महासंघको संस्थागत हित तथा पत्रकारको हकहितको लागि सकृय भूमिका निर्वाह गरिरहेको बताउनु भयो ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य द्वय लक्ष्मण कार्की र गोविन्दचौलागांई, महासंघका उपत्यका प्रदेश महासचिव श्रृजन झा, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल, भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकी, पूर्व अध्यक्ष नारायण किलम्वु, महासंघ भक्तपुर शाखाको उपाध्यक्षद्वय रोशन सिल्पकार र कविता थापा लगायत साधारण सभाको सफलताको शुभ कामना व्यक्त गरेका छन ।
कार्यक्रममा साधारण सभाको बन्दसत्रमा शाखाका सचिव कृष्ण प्रसाद नेपालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मोहन बल्लले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्व सम्मतिले पारित गरेको छ ।
कार्यक्रममा महासंघका उपत्यका प्रदेश सचिव अमर भूजु, संस्थापक अध्यक्ष रमेश खड्का र विकल श्रेष्ठ, रफत सञ्चार क्लवका अध्यक्ष सुशिलबन्धु थापा, जिल्ला स्थित सक्रिय विभिन्न पत्रकार संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरु, महासंघका केन्द्रीय तथा प्रदेश पार्षद लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको बन्दसत्रले महासंघको संस्थागत विकास र पत्रकारको हकहित र मर्यादित पत्रकारीताका लागि भावी कार्यदिशा तय गरिएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

Comments