कला, संस्कृति संरक्षणको सचेतना जगाउन नेपालभाषाको चलचित्र 'गुणकेरा स्वां' बन्दै


साउन २२, २०८२, बिहीबार | दिउँसो ०३:३६ बजे | 325


कला, संस्कृति संरक्षणको सचेतना जगाउन नेपालभाषाको चलचित्र 'गुणकेरा स्वां' बन्दै

साउन २२ गते । नेपालभाषाको चलचित्र 'गुणकेरा स्वां' बन्ने भएको छ । नेवाः समुदायको कला, संस्कृति तथा मूर्त सम्पदा संरक्षण गर्नुपर्ने सचेतना जगाउन चलचित्र बनाउन लागेको हो । चलचित्रलाई एक कार्यक्रमकाबीच शुभ मुहूर्त सकाएको छ । कार्यकारी निर्माता केदार प्रसाद त्वानाबासुले नेवाः भेषभुषा, रहनसहन, परम्परा र संस्कृतिको जगेर्ना गर्नको लागि चलचित्र बनाउन लागको बताए । आउँदो बडा दशैंलाई लक्षित गर्दै चलचित्रको धमाधम छायांकन भइरहेको छ । पछिल्लो समय सांस्कृतिक चेतना अभावमा मूर्त र अमूर्त सम्पदा मासिंदै गएको विषय ध्यानाकर्षण गराउनुपर्ने विषय बनेको छ ।

Comments