गैसस महासंघ भक्तपुरको वार्षिक योजना तर्जुमा गोष्ठी
साउन १९, २०८२, सोमबार | विहान १०:०९ बजे | 100
भक्तपुर । गैर सरकारी संस्था महासंघ जिल्ला शाखा भक्तपुरले आर्थिक वर्ष २०८२÷०८३ का लागि वार्षिक योजना तर्जुमा गोष्ठीको आयोजना गरेको छ । गैर सरकारी संस्था महासंघ केन्द्रका अध्यक्ष अर्जुनकुमार भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित उक्त गोष्ठीमा अध्यक्ष भट्टराईले जिल्ला शाखाहरुमध्ये उत्कृष्ट शाखाको रुपमा रहेको यस गैसस महासंघ जिल्ला शाखा भक्तपुरले गरेको सहकार्य, विभिन्न कार्यहरु उदाहरणीय रहेको बताउँदै केन्द्रले अब गैसस केन्द्रको धभदकष्तभ मा सम्पूर्ण जिल्ला शाखाको इतिहास, कार्य, कार्ययोजनाको बारेमा तथ्यांक संकलन सूची राख्ने तयारी भएको पनि उहाँले जानकारी दिनुभएको छ । उहाँले गैससले बालबालिका, शिक्षा, लैंगिक हिंसा, आपाङ्गता एवं थुप्रै क्षेत्रमा काम गर्दै आएको छ र आगामी दिनमा अझ सहज ढंगले काम गर्न आफू र केन्द्र सदैव साथ रहने प्रतिबद्धता जनाउनुभएको छ ।
गोष्ठीमा गैसस महासंघ जिल्ला शाखा भक्तपुरकी अध्यक्ष अनिता पाण्डेले आफू अध्यक्ष भएर आएदेखि भएका कार्यहरुको बारेमा चर्चा गर्दै आ.व.२०८२।८३मा हाम्रो जिल्ला शाखाले कुनकुन क्षेत्रमा काम गर्न सकिन्छ त भन्ने विषयमा छलफल गर्दै वार्षिक क्यालेण्डर बनाएर कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई सहकार्य गर्न पनि अनुरोध गर्नुभएको छ । कार्यक्रममा यस जिल्ला शाखा भक्तपुरका उपाध्यक्ष रमेश गिरीले सम्पूर्ण पदाधिकारीहरुलाई हाम्रो शाखाले गरेका कार्यमा हाम्रो महत्वपूर्ण भूमिका हुनेभएकाले सबैजनाले वार्षिक क्यालेण्डरको बारेमा भएको छलफलमा मात्र सिमित नभएर सबैजनाले यस आर्थिक वर्षमा आफ्नो तर्फबाट कार्यक्रम गर्न पनि आग्रह गर्नुभएको छ । भोटचौरस्थित होटल हेभेन हिलमा भएको उक्त गोष्ठीमा केन्द्रका कार्यक्रम संयोजक अभिषेक शाहले केन्द्रको कार्यक्रमको बारेमा चर्चा गर्दै केकस्ता कार्यक्रम गर्न सकिन्छ भन्ने बारेमा पनि जानकारी दिनुभएको थियो। जिल्ला शाखा भक्तपुरकी सचिव लक्ष्मी कार्कीले संचालन गर्नुभएको उक्त गोष्ठीमा केन्द्रका पदाधिकारी, जिल्लाका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
