पत्रकारितामा भविष्य खोज्दै करुणा बजगाई
साउन १८, २०८२, आइतबार | राति ०७:५३ बजे | 1425
भक्तपुर । धुलिखेल नगरपालिका वडा नं ९ काभ्रेकी २१ वर्षीया छात्रा करुणा बजगाईलाई समाजमा चल्दै आएको विकृति, विसंगति, असमानता, बेरोजगारीलगायतका समस्याप्रति तीखो असन्टुष्टी छ । समाजमा भइरहेको वर्ग विभाजन, ठूला र साना, धनी र गरिव, साना मानिसले पाइरहेको दुःखप्रति कडा असन्तुष्टी पनि छ उनमा । यही कारण उनी भविष्यमा राम्रो सफल पत्रकार बनेर आवाजविहीनहरुको आवजलाई बुलन्द पार्ने तीव्र मनोकांक्षामा छिन् ।
ख्वप कलेज देकोचा भक्तपुरमा पत्रकारिता मुख्य विषय लिई चौथौ अर्थात् अन्तिम वर्षमा अध्ययनरत उनी भन्छिन्, मलाई पत्रकारिताका सवै विधा मनपर्छ, त्यसमध्ये पनि समाचार वाचिका मुख्य रुपमा मनपर्छ । यसका अलावा समाचारदाता, फोटो पत्रकार हुन पनि उनलाई उस्तै मनपर्छ ।
आवाजविहीनहरुको आवाजलाई बुलन्द पार्नका लागि उनलाई पत्रकारिता पेशाप्रति हुटहुटी जागेको हो । पत्रकारिता पेशामा लागेर म मेरो आफनो भन्दा पनि समाजमा तल्लो भनिएका मानिसहरुका आवाज बोल्नेछु, उनले योजना सुनाइन् ।
उनलाई वर्षौसम्म बाहिर निस्कन नसकेको निर्मला पन्त हत्या प्रकरणलगायतका विषयमा विशेष सोधखोज गर्न मन छ । यस्तै यस्तै लुकेर वसेको तथ्यलाई पत्रकारितामार्फत् खोतलखातल गर्र्न उनलाई विशेष रुचि छ । समाजमा ठूला भनिएका मानिसहरुले साना भनिएका मानिसहरुमाथि गरिरहेको अन्याय, अत्याचारका विरुद्ध बुलन्द आवाज गर्जने उनको इच्छा छ । जहाँं अन्याय छ, अत्याचार भइरहेको छ, त्यहाँंको भण्डाफोर गर्ने उनको इच्छा छ । यही कारण नै उनको पत्रकारिताको विशेष रुचिको कारण हो ।
उनी भन्छिन्, यी सवै काम एकजना पत्रकारले गर्नसक्छ जस्तो मलाइ लाग्छ । यही कारणले नै मैले पत्रकारिता अध्ययन गरेकी हुँं र भबिष्यमा पत्रकार बन्ने लक्ष्य राखेकी हुँं, उनले सुनाइन् । एकजना महिला भए पनि आफू डटेर लाग्ने उनको इच्छा छ । भविष्यमा मैले यस्तै भण्डाफोर गरे भने ममाथि जाइलाग्ने छ, मलाइ त्यो पनि थाहा छ, उनले थपिन्, ती सवका बाबजुद पनि म पत्रकारिता क्षेत्रमा मजबुद रुपले फलाम सरी कडा भएर अगाडि वढ्ने छु ।
बोल्नमा फरवार्र्ड, व्यवहारमा चञ्चलता भएकी उनलाई सवैसामु उतिकै फरासिली तरिकाले व्यवहार गर्न पनि सिपालु छिन् । पत्रकारका लागि हुनुपर्ने जे गुणहरु छन्, ती मसँंग छन् जस्तो लाग्छ, उनी विश्वास गर्छिन् ।
स्तानत तह प्रथम वर्षदेखि ख्वप कलेजबाटै उनी पत्रकारिता अध्ययनरत छिन् । उनी अहिले पनि विहानै धुलिखेलबाट भक्तपुर नगरपालिका वडा नं ६ देकोचामा रहेको ख्वपसम्म दैनिक पढ्न आउँंछिन् । दैनिक धुलिखेल आवजाउ गरेरै उनी कडा मिहेनत गदै छिन् ।
अहिलेसम्म पत्रकारिता तेश्रो वर्षमा नेपाली पत्रकारिता विषयका लागि काभ्रेकै चेष्टा साप्ताहिक पत्रिकारमा इन्टर्न गर्न गएको अनुभब उनले सँंगालेकी छिन् । भन्छिन्, त्यो बेला मैले दुई वटा लेख लेखेकी थिए । तर दुइटै छापिएन । तथापि उनी हरेस खाने पक्षमा छैनन् । भन्छिन्, सिक्दैछुु, सायद मरै कमजोरीले नछापेको होला । तर पनि म निराश भएको छैन र यो पेशाबाट भाग्ने सोचिरहेको छैन ।
पत्रकारितामा लागेपछि दिनरात खटनुपने पनि उनलाई राम्रैसँंग थाहा छ । तर ती सवै समस्याहरुसँंग लड्दै अगाडि वढ्ने उनको इच्छा छ । जहाँं इच्छा त्यहाँं उपाय, उनी भन्छिन् । परिश्रमको फल मिठो हुन्छ भने जस्तै आफनो मिहिनेतको सन्तुष्टी पछि मिल्ने उनको गहिरो विश्वास छ ।
पत्रारितामा लागेपछि समाज वुझने, राजनीति बुझने, देश वुझने मौका पाउने भएकाले पनि आफूलाई यस पेशाले आकर्षित गरेको उनी बताउँंछिन् । साँंच्चै छिनछिनको अपडेट हुन पाउने भएकाले पनि मलाइ यो पेशाले तानेको हो, उनी थप्छिन् ।
धेरै महिलाहरु विवाहपछि यो पेशा छोडने गरे पनि आफू भने यसैमा लागिरहने उनको अठोट छ । उनी भन्छिन्, २४ सैं घण्टा खट्नपर्ने, अरु पेशा जस्तै १० बजे अफिस गएर ५ बजे घर फर्किन नपाउने मलाइ थाहा छ । यति भए पनि म यही पेशामा रमाउनेछु ।
सानैदेखि निडर स्वभाबकी उनी जस्तोसुकै बाधा अडचनलाइ पनि पन्छाउँंदै अगाडि वढ्ने योजनामा छिन् । जहाँं समस्या त्यहाँं समाधान भएकाले समस्याहरुलाइ पार लगाउँंदै जाने योजना उनको छ । उनको पत्रकारिताको भविष्य उज्ज्वल होस्, हाम्रो पनि यही नै शुभकामना ।
