नेवाः सभ्यतामा अनुसन्धान गर्नेलाई विद्वतवृत्ति दिइने


साउन १८, २०८२, आइतबार | साँझ ०६:४१ बजे | 400


नेवाः सभ्यतामा अनुसन्धान गर्नेलाई विद्वतवृत्ति दिइने

शब्दयात्रा प्रकाशनले अबदेखि नेवाः सभ्यताको अध्ययन–अनुसन्धान गर्ने व्यक्तिलाई विद्वतवृत्ति दिने भएको छ । त्यसका लागि सङ्खुवासभा जिल्लाका राष्ट्रिय प्रतिभा लेखक लोकमान मास्केले शब्दयात्रा प्रकाशनमा दुई लाख रुपियाँको अक्षयकोष खडा गर्नुभएको छ । उहाँले आफ्ना छोरा प्रभातमान मास्के र बुहारी झर्ना श्रेष्ठ मास्केको नाउँमा अक्षयकोष खडा गर्नुभएको हो । हिजो २०८२ साउन १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा अक्षयकोषका लागि उहाँले दुई लाख रुपियाँको चेक शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको हो ।

Comments