तीन नयाँ गीत विशेष कार्यक्रममार्फत सार्वजनिक
साउन १७, २०८२, शनिबार | राति ०८:५२ बजे | 160
काठमाडौं — राग रागिनी इन्टरटेन्मेन्ट प्रा. लि. को ब्यानरमा तयार पारिएका तीन नयाँ गीत यही साउन १६ गते काठमाडौं को होटल शंकरमा एक भब्य विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। तीजको रौनक, देशभक्ति भावना र नारी सशक्तिकरण झल्काउने गीतहरू को शव्द गायक तथा गीतकार कपिल कसपाल ले लेख्नु भएको हो!! छमछम पाउजु खनखन चुरा गीतमा आवाज टुना थापा र कपिल कसपालको रहेको छ भने सङीत बि बि अनुरागीको रहेको छ !! गीतको भिडियो को निर्देशन गम्भीर बिष्ट ले गर्नु भएको छ भने गीत मा कोरियोग्राफी पुनम श्रेष्ठ को रहेको छ !! गीतमा मोडल को रूपमा गायक कपिल र गयिका टुना थापा ले नै नृत्य मा रमाइलो ठुम्का लगाएका छन!! गीत राग रागिनी इन्टरटेन्मेन्ट युट्युब मा हेर्न सकिनेछ !! औपचारिक कार्यक्रम को सभापती राग रागिनी इन्टरटेन्मेन्ट का कार्यकरी अध्यक्ष कपिल कसपाल ले गर्नु भएको थियो भने कार्यक्रम का प्रमुख अतिथि पुर्ब अर्थ मन्त्री तथा गीतकार एस. पि . कोइराला हुनुहुन्थ्यो !! कार्यक्रम को संयोजन इन्जिनियर तथा सफल ब्यवसायी ध्रुब राज थापा ले गर्नु भएको थियो भने वहाँ ले इन्जिनियर क्षेत्र मार्फत समाज लाई पुर्याउनु भएको अतुलनीय योगदान को कदर गर्दै रागरागिनी ले बिशेष संमान पनि गरेको थियो !! कार्यक्रम का विशेष अतिथि वरिष्ठ सङीतकार तथा प्राध्यापक दिपक जङम हुनुहुन्थ्यो !! कार्यक्रममा प्रमुख अतिथि ले श्रस्टा टुना थापा तथा कपिल कसपाल को श्रीजना निकै राम्रो रहेको भन्दै प्रसंशा गर्नु हुँदै सफलता को सुभकामना व्यक्त गर्नु भएको थियो !! कार्यक्रम मा केही समय दर्शक तथा पत्रकार सङ अन्तरक्रिया पनि गरिएको थियो !! कार्यक्रम लाई उत्कृष्ट ढङ्गले मोडल तथा होस्ट प्रनिमा दाहाल ले संचालन गर्नुभएको थियो !! ` नेपाल को छोरा´ तथा `नेपाल को छोरी ´ गीतलाई पनि सार्बजनिक गरिएको थियो !! यी दुई गीत लाई भने केही दिनपछी युटुब मा सार्बजनिक गरिने जानकारी गराइएको थियो !! नेपाल को छोरा गीतमा शब्द तथा स्वर कपिल कसपाल को रहेको छ भने सङीत बरिस्ठ सङीतकार भुपेन्द्र रायामाझी को रहेको छ !! नेपाल को छोरी गीतमा आवाज टुना थापा,शब्द कपिल कसपाल तथा सङीत भुपेन्द्र रायामाझी को रहेको छ !! भिडियो को निर्देशन निशान एस के ले गर्नु भएको हो !! गीत राग रागिनी इन्टरटेन्मेन्ट युट्युब मा केही दिन पछी हेर्न सकिनेछ ! कपिल कसपालले यी तीनवटै गीतहरू आफूले समाजप्रतिको जिम्मेवारी र भावनात्मक समर्पणका साथ सिर्जना गरेको जनाएका छन्। कार्यक्रममा गीतसँग सम्बन्धित सम्पूर्ण श्रष्टालाई मायाको चिनोले सम्मान गरिएको थियो भने संगीत क्षेत्रका विशिष्ट व्यक्तित्व गायिका देबिका बन्दना, गीतकार सुबास चन्द्र ढुङेल,गीतकार बुद्ध वीर लामा,सङीतकार राजु सिंह ,सङीतकार किरण कडेल,गायक भिम तुलाधर ,अजर जङम,सुनिल उप्रेती ,गायिका बुनु श्रेष्ठ ,एन्जेला श्रेष्ठ ,रोजि श्रेष्ठ,वरिष्ठ रेडियो कर्मी हेम सुबेदि ,सुचित्रा श्रेष्ठ ,प्रीयन्का प्रसाईं,निर्माता गोपाल कर्माचार्य लगायत समाजका बिशिस्ट ब्यक्तित्व पत्रकार तथा विभिन्न क्षेत्रका सामाजिक क्षेत्र का अतिथिहरूको उपस्थिति रहेको थियो !! गीत लाई धेरैमेहनत गरेर बनाएको जानकारी गराउदै तिनै गीत लाई दर्शक तथा श्रोताले हेरेर माया गरिदिनु हुन गायक कपिल कसपाल तथा गायिका टुना थापा ले अनुरोध गर्नु भएको छ !! कार्यक्रम लाई अन्त मा समापन गर्दै सभापति तथा गायक ले राग रागिनी निरंतर नेपाली सङीतको क्षेत्रमा लागि रहेको र निरंतर लागिरहने प्रतिबद्धता जनाउनु भएको थियो !!
