दुर्लभ थापा अवको मन्त्रीमण्डलमा मन्त्री 


साउन १७, २०८२, शनिबार | दिउँसो ०३:४५ बजे | 4175


दुर्लभ थापा अवको मन्त्रीमण्डलमा मन्त्री 

भक्तपुर, साउन १७ 
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टी भक्तपुरका सभापति एवं संघीय साँसद् दुलर्भ थापा अवको मन्त्रीमण्डलमा मन्त्री बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस सूर्यविनायकको तेश्रो नगरपालिका सम्मेलनको शनिबार भक्तपुरमा उदघाटन गदै उनले कसैले २१ पटकसम्म मन्त्री पाउने कसैले पाउँंदै नपाउनु अन्याय भएको बताए । जसरी नेपाली कांग्रेसमा लगातार वढीमा दुइृ पटकसम्म मात्रै पाटीृ सभापति बन्न पाइन्छ, त्यसरी नै मन्त्री पनि सवैले पाउनुपर्छ, उनले भने ।  
उनले पार्टीको १५ औं महाधिवेशनबाट वर्तमान पार्टी सभापति शेरबहादुर देउबाले सभापति पद छोड्ने पनि बताएका छन् ।  पार्टीको विधानमा लगातार दुई पटकसम्म मात्रै सभापति हुन पाउने व्यवस्थाले पार्र्टीको महाधिवेशनबाट नयाँं सभापति पाउने जानकारी उनले गराए । तर उनले नयाँं सभापतिमा कसको सम्भाबना छ, त्यसबारे केही बताएनन् । उनले भने, सभापतिज्यू आफैंले पनि यो कुरा सार्वजनिक रुपमै भनिसक्नुभएको छ । 
पार्टीको महाधिबेशन भने २०८२ सालमा सम्भब नभएको उनले बताए । नियम अनुसार पार्टीको महाधिवेशन २०८२ मंसिरमा हुनुपर्ने हो तर विधानमा एक वर्ष पछाडि सार्न सकिने व्यवस्था भएकाले मंसिरमा बैठक बसेर एक वर्षृ ढकेल्ने निर्णय हुने उनले बताए । उनले महाधिवेशन २०८३ मंसिरभित्र हुने जानकारी गराए । 
कार्यक्रममा पार्टी भक्तपुर जिल्ला सभापति एवं संघीय सांसद् दुर्लभ थापाले आफूले पनि दुई पटक लगालग जिल्ला पार्टी सभापति खाइसकेकोले विधानत पद छोड्नुपर्ने भएको बताए । तर पनि आफू पनि चुनाव लडनसक्ने उनले बताए । विधान शंशोधन भए म पनि पार्टी सभापतिका लागि लड्नुपर्ने हुनसक्छ, उनले भने । कार्यक्रम पार्र्टी नगर सभापति निशान ढुंगेलले पाटीभित्र अनुशाशनको महत्व वढ्दै गएको बताए । उनले यति बताइरहँंदा कायृृक्रमस्थल बाहिर रहेका एकजना व्यक्ति अनुशाशन सिकाउने भन्दै मञ्च अगाडि आएर चिच्याउन पुगेका थिए । 
 

Comments