नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्वोदर जेल चलान
माघ ९, २०७७, शुक्रबार | दिउँसो ०१:३१ बजे | 35
भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका पूर्व अध्यक्ष लम्वोदरकुमार न्यौपानै भ्रष्टाचार मुद्धामा जेल चलान भएका छन् । जिल्ला अदालत भक्तपुरका थुनछेक आदेशले उनलाई ३५ लाख धरौटी मागेको थियो । तर उनले धरौटी तिर्न नमानेपछि उनलाई जेल चलाउन गरिएको हो ।
नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार मुद्धामा उनीसहित पक्राउ परेका दुई जना भने धरौटीमा रिहा भएका छन् । उनीसँंगै भ्रष्टाचार मुद्धामा परेका कलेजकै रामकुमार श्रेष्ठ १० लाख धरौटी तिरी तारेखमा रिहा भएका छन् भने अर्का चोलाकान्त च्वाई ५० हजार धरौती बुझाई तारेखमा रिहाई भएका छन् ।
जिल्ला अदालत भक्तपुरका श्रेष्टेदार उपसचिव जगनाथ पौडेलले कलेजका पूर्व अध्यक्ष लम्वोदरले धरौटी बुझाउन नमानेपछि जेल चलान गरेको पुष्टी गरे । उनले मुद्धाको किनारा नलगाउँंदासम्म लम्वोदर जेलमा रहने जनाए ।