छलफलको ‘छ’ नै सुरु नभइ टुंगियो नीलबाराही जोगाउनेबारेको  छलफल


साउन १६, २०८२, शुक्रबार | साँझ ०५:२८ बजे | 465


छलफलको ‘छ’ नै सुरु नभइ टुंगियो नीलबाराही जोगाउनेबारेको  छलफल

भक्तपुर । विवादपछि शुक्रबार विहानको छलफलले नीलबाराही जोगाउने अभियानबारे दुइथरीको वातालाप भएर समस्या टुगिने आशा राखेका थिए धेरैले । तर विडम्वना छलफलको ‘छ’ नै सुरु नभइ टुंगियो नीलबाराहीबारेको त्यो छलफल ।
छलफलका लागि मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, उपमेयर विजयकृष्ण श्रेष्ठ, सिडिओ, सहायक सिडिओ, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायतका पदाधिकारीहरु विहानै छलफलस्थल नीलबाराही पुगेका थिए । विहान ७ः१५ बजे बैठक समय राखे पनि उनीहरु विहान समयमै त्यहाँं पुगेका थिए । 
विहान ९ बजे गठाघरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने कायक्रममा सहभागी हुनुपर्ने भएकाले उनीहरु चटारोमा देखिन्थे । यही कारण पनि उनीहरु अलि छिटै छलफल कायक्रममा पुगेका थिए । तर विडम्वना एकआपसमा राम्ररी छलफल नै नसकी जनप्रतिनिधिहरु छुटिन हतार देखिए । केही पत्रकारहरुले हिडन लागेका जनप्रतिनिधिहरुसँंग प्रश्न गर्न खोज्दा उनीहरुको उतर थियो, यहाँं अरु साथीहरु हुनुहुन्छ उहाँंहरुसँंग सोध्नुहोला नि ।
त्यसपछि श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका पदाधिकारीहरु र स्थानीय मात्रै बाँकी रहे । समितिका पदाधिकारीहरु अध्यक्ष, सचिवलगायतले भाषण गरे । भाषणकोवीचमा पनि समितिकै अभियन्ताहरुवीच अलिकति मतभिन्नता भएको हो कि भन्ने जस्तो भान भयो । सचिव अनिश वैद्य अभियान एउटा क्रान्ति हो, यो कुनै हालतमा पनि रोकिंदैन भन्ने पक्षमा थिए भने अभियानमा साथ दिंदै आएका भक्तपुरका सूय श्रेष्ठ नगरपालिकासँंग समन्वय गरी अगाडि वढ्नुपर्नेमा जोड दिंदै थिए । 
अन्ततः छलफल निष्कर्षमा पुगेर टुंगिन सकेन । चाँंगुनारायण नगरपालिकाबाट ल्याराखेको मोटो ओसारपसार गर्न नदिने भएपछि माटो विनाको काम हुनसक्ने भएन । यद्यपि सरोकार समितिका पदाधिकारीहरुले जनश्रमदान नरोकिने बताए । माटो विनाको जनश्रमदानमा के कसरी काम हुन्छ त्यो त हेर्न बाँंकी नै छ । 
यसअघि माटो ओसारपसार गर्न दिंदा दैनिक दर्जनौ मिनीटकबाट सयौं टिप माटो ल्याएर बोरामा माटो भदै जनश्रमदान हुँंदै थियो । माटो ओसारपसार रोकेपछि अभियन्ताहरुले घर भत्काउनु परेर फाल्नुपर्ने माटो छ भने यहाँं ल्याउन अनुरोध गरेका छन् । तर कति नै टिप माटो आउला र काम होला ?
 

Comments