आफुले सिकेका ज्ञान सीपलाई प्रस्तुति गर्न संस्थामा बस्नु आवश्यक


साउन १६, २०८२, शुक्रबार | विहान १०:१६ बजे | 285


आफुले सिकेका ज्ञान सीपलाई प्रस्तुति गर्न संस्थामा बस्नु आवश्यक

भक्तपुर १६ श्रावण ।राम चन्द्र प्रजापति

परिवर्तन समाज भक्तपुरका अध्यक्ष राम चन्द्र प्रजापतिको अध्यक्षतामा विहिवार कार्य समितिको वैठक सप्पन्न भयो। वैठकमा परिवर्तन समाजका उद्देश्य तथा वार्षिक कार्यक्रम अनुसार अध्यक्षले प्रस्ताव प्रस्तुत गर्नु भयो। सल्लाहकार कृष्ण प्रजापतिले आफुले सिकेका ज्ञान सीपलाई प्रस्तुति गर्न संस्थामा बस्नु आवश्यक छ। एक्लैले गर्न नसकेका काम सामुहिक प्रयासले गर्न सकिन्छ।भाषा साहित्य कला संस्कृति सम्बन्धि कार्यक्रम ल्याएकोमा आफ्नो तर्फबाट  साथ सहयोग रहनेछ।हामीले इतिहास र भुगोल यी दुइटा विषयमा ज्ञान हुनपर्ने जसले गर्दा गन्तब्य पुग्न  कामकारबाहीमा सहयोग हुने बताउनु भयो। सदस्य कृष्ण कुरारी प्रजापतिले प्रस्तावसंग सबै सक्रिय  छ्लफल गरेर प्रभाकारी रुपमा वैठक संचालन भएको र आफ्नो अनुभवलाई शेयर गर्नु भयो। त्यस्तै सदस्य पृथ्वी वासुकलाले आ आफ्नो व्यवसायलाई एक आपसमा सहयोग आदानप्रदान गरि व्यसायिक प्रोत्साहन गर्नु पर्ने ,परिवर्तन समाजलाई सबैले सकेको समय दिई अगाडी बढ्नु पर्ने धारणा राख्नु भयो।त्यस्तै रोसनी शिल्पकार,गंगा गोसाई,शोभा सुवाल,कृष्णश्वरी ज्याख्व लगाएतले परिवर्तन समाजले गरेका कामको सकारात्मक चर्चा गर्नु भयो। वैठकले पाँच वटा निर्णयहरु सर्वसहमतीले निर्णय गरियो। १) परिवर्तन समाज भक्तपुरको उदेश्य अनुसार संस्थाको  र सदस्यको क्षमता अभिवृद्धि गर्न हरेक महिनाको दोस्रो र चौथो बुधबार बेलुकी ८:३० देखि ९:०० बजे सम्म  zoom meeting मा सक्दो सहभागी भइ प्रविधिसंग जोड्ने निर्णय सर्वसहमतिले गरियो। २) आ आफ्नो व्यवसायलाई सहजता ल्याउन एकले अर्कोलाई सहयोग आदान प्रदान गर्दै सदस्यको आर्थिक उन्नति गर्न प्रहत्सान गर्न अझ कार्यक्रम बनाइ अघि बढ्ने निर्णय गरियो। ३) कला साहित्य संस्कृति सम्बन्धी विराट नेपाल भाषा साहित्य सम्मेलन लगाएत कुनै कार्यक्रममा सहभागी हुन सुचना आदानप्रदान अध्यक्ष वा अध्यक्षले तोकिएकोलाई जिम्मेवारी दिने निर्णय गरियो। ४) नेपालभाषा सिक्न चाहने कोहि इच्छुक भएमा नेपालभाषा कक्षा संचालन गर्ने। ५) संस्थाको कार्य समितिमा सदस्य हुन इच्छुक हुने कोहिलाई थपघट गर्नु परेमा संस्थालाई हित हुने गरि अध्यक्षलाई यसै बैठकले अधिकार प्रत्यायोजन गरियो। बैठक पछि खीर कार्यक्रममा सरिक भइ  बैठकमा उपस्तिथि सम्पुर्णमा र सहभागी सबैमा सचिव अन्जना सिजख्वले हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो। अध्यक्ष प्रजापतिले परिवर्तन समाजका कार्यक्रम उद्देश्य अनुसार अगाडी निरन्तर बढ्छ ।आर्थिक रुपान्तरण सामाजिक जिम्मेवारी वोध गरि राजनितिक सचेत रहन आग्रह गर्दै वैठक तथा खीर खाने कार्यक्रम समापन गरियो।

Comments