भोलि निलबाराही जोगाउन विकास प्रधीकरणले बनाएको डिजाइनबारे छलफलः अव के होला जनश्रमदान ?


साउन १५, २०८२, बिहीबार | राति ०९:३७ बजे | 415


भोलि निलबाराही जोगाउन विकास प्रधीकरणले बनाएको डिजाइनबारे छलफलः अव के होला जनश्रमदान ?

भक्तपुर । निलबाराही मन्दिर अगाडिको पहिरो नियन्त्रणको लागि भनेर काठमार्डौ उपत्यका विकास प्राधीकरण (केभिडिए)ले बनाएको भनिएको डिजाइनबारे भोलि शुक्रबार विहान छलफल हुने भएको छ । विहान ७ः१५ बजे मन्दिर प्रांगनमा यसबारे पहिलो पटक छलफल हुन लागेको हो ।
छलफलमा सहभागी हुन श्री निलबाराही क्षेत्र संरक्षण सरोकार समिति टिगनी भक्तपुुरले सवैसँंग आग्रह गरेको छ । समिति सचिव अनिश बैद्यले सामाजिक सञ्जाल फेसबुकमाफत् अडियो भिडियोमा बोलेर निमन्त्रणा गरेका हुन् । 
बल्ल पहिलोपटक भोलि समुदायमा छलफल हुदैछ, उनले लेखेका छन्, त्यो डिजाईन ठीक बेठीक कस्तो के गर्ने ? त्यसमा सिमेन्टको संरचना छ कि प्राकृतिक रुपमा बाताबरण मैत्री छ ? स्वीकार गर्ने नगर्ने के गर्ने लगायतका बिषयमा आफ्नो राय भनाइ राख्न सम्पूर्णमा उपस्थितिको अनुरोध छ ।
यसअघि हाल भइरहेको जनश्रमदानबारे हिजो बुधबार प्रशाशनमा छलफल भएको थियो । त्यसअघि चाँंगुनारायणबाट ल्याइराखेको माटो ढुवानी प्रशाशनले रोक लगाइदिएको थियो । त्यसपछि जनश्रमदानबारे अन्यौल उत्पन्न भएको छ ।  

Comments