बृहत कविता गोष्ठी सम्पन्न
माघ ९, २०७७, शुक्रबार | विहान ११:४५ बजे | 35
भक्तपुर । विभिन्न तीन वटा संस्थाहरुको संयुक्त आयोजनामा शुक्रबार भक्तपुरमा बृहत कविता गोष्ठी सम्पन्न भएको छ । राष्टिय मानव अधिकार प्रतिष्ठान भक्तपुर, चाँंगुनारायण साहित्यिक समाज भक्तपुर र स्वतन्त्र पत्रकार संघ भक्तपुरको आयोजनामा गोष्ठी भएको हो ।
[[img2]]
गोष्ठीमा छन्दविज्ञान निरौला, बसन्ती भुजेल, डिल्लीप्रसाद मुल्टेन, रामशरण न्यौपाने, कुमार लघु, विकास प्रहर, डा राजेन्द्र कोजू, दीपकुमारी डंगोल, वसन्त नकर्मी, तेजकृष्ण श्रेष्ठ, लालबहादुर भुजेल, डा इन्दुल केसीलगायतले आआफनो रचना वाचन गरेका थिए ।