रामेछापका युवालाई भक्तपुरमा भव्य स्वागत, जनताकाे कार्यमा समर्पित बन्न युवालाई लामाकाे निर्देशन


साउन १२, २०८२, सोमबार | राति ०८:०१ बजे | 1035


रामेछापका युवालाई भक्तपुरमा भव्य स्वागत, जनताकाे कार्यमा समर्पित बन्न युवालाई लामाकाे निर्देशन

साउन १२
भक्तपुर । राष्ट्रिय युवा संघ नेपाल रामेछापबाट मनाेनित केन्द्रिय सदस्यहरूलाई भक्तपुरमा भव्य कार्यक्रमकाबीच स्वागत तथा बधाईका साथ सम्मान गरिएकाे छ । राष्ट्रिय युवा संघ नेपाल रामेछाप ईन्चार्ज गणेश बज्र लामा, मन्थली नगरपालिका २ का वडाध्यक्ष सुरेन्द्र कार्की, राष्ट्रिय युवासंघ नेपाल केन्द्रीय लेखा आयोगका उप-प्रमुख- अमित कार्की, युवा विज्ञ परीषद उप प्रमुख अरुण खडकालगायतलाई सम्मान गरिएकाे हाे । २०४७ साल जेठ १ मा स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल आज ३५ वर्षको यात्रामा छ । पाेखरामा युवाहरूसंग भावी रणनीतिका विषयमा व्यापक मन्थन गरि दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेंगै छुटेका विशिष्ट युवालाई मनाेनित गरेकाे हाे । साढे तीन दशक  नेपालकाे युवा आन्दोलनको अग्रमोर्चामा विनाहिचकिचाहट सशक्त रूपमा उभिँदै आएका युवालाई समेटेर प्राप्त लोकतन्त्रका उपलब्धिकाे रक्षा गर्न संगठन लागि परेकाेसर्व विदितै छ । यसैकाे मर्म अनुसार रामेछाप जिल्लाबाट मनाेनीत भएका युवाहरूलाई भक्तपुरमा भव्य स्वागत एवं सम्मान गरिएकाे राष्ट्रिय युवा संघ नेपाल युथ फाेर्स विभागका केन्द्रीय सचिव तथा रामेछाप जिल्ला युवा ईन्चार्ज राेविन्स लामाले बताउनु भयाे । युवाका मुद्दाहरू स्थापित गर्न, गुण्डागर्दी र अराजकताबाट लोकतन्त्रलाई संरक्षण गर्नु,  जनताका दुःखपीडामा मलहम लगाउने उदेश्यकासाथ युवालाई सम्मान गरिएकाे लामाकाे भनाई छ । अधिकारको पक्षमा लडेका अनेक आन्दोलनहरूमा युवाको रगतमात्र हैन, जीवन नै बलिदान गरेको यो संगठन आज एक ऐतिहासिक मोडमा उभिएको उहाकाे भनाई छ । बधाई तथा सम्मान कार्यक्रमले मुलुकको एक मुख्य दलको प्रभावशाली युवा संगठन भएकाले समग्र राजनीतिक अभ्यासमा गहिरो प्रभाव पार्ने  पत्रकार प्रेमध्वज लामाले बताउनु भयाे । नेपाली आकाशमा राजैतिक निराशा, क्रोध र असहायपनको कालो बादल मडारिएको छ त्यसलाई चिर्ने जिम्मा युवाकाे काधमा आएकाे  भन्दै याे कार्यक्रमले आशा र राष्ट्रिय पुनर्जागरणको बलियो सन्देश दिनकाे सहभागिकाेभनाई छ ।  कार्यक्रममा विभिन्न व्यक्तिहरूकाे उल्लेख्य सहभागिता रहेकाेथियाे 

Comments