भक्तपुरमा बृहत कवि गोष्ठी हुने


माघ ७, २०७७, बुधबार | दिउँसो ०१:४६ बजे | 35


भक्तपुर । तीन वटा संस्थाहरुको संयुक्त आयोजनामा भक्तपुरमा बृहत कवि गोष्ठी हुने भएको छ । स्वतन्त्र पत्रकार संघ भक्तपुर, राष्टिय मानव अधिकार प्रतिष्ठान भक्तपुर र र्चाँगुनारायण साहित्यिक समाजको संयुक्त आयोजनामा गोष्ठी हुन लागेको हो ।
गोष्ठी माघ ९ गते शुक्रबार दिउँंसो ११ बजे हुनेछ । गोष्ठी भक्तपुरको कमलविनायकस्थित रोम्वस सेकेण्डरी स्कुल भक्तपुरमा हुनेछ । गोष्ठीमा समसामयिक विषयमा कविता प्रस्तुत हुनेछन् । विशेष गरेर संविधान सभाको विघटनको पक्षविपक्षमा कविहरुले आआफनो कविता प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।
गोष्ठीमा नयाँं पुराना कविहरुले आआफनो कविता प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ । गोष्ठीमा सहभागी हुन आयोजकहरुले नयाँं पुराना सवैजना कविहरुलाई आह्वान गरेको छ ।

Comments