भक्तपुर बारको निर्वाचन भोलि विहानदेखिः कसले मार्ला बाजी ?
साउन ९, २०८२, शुक्रबार | राति ०८:२३ बजे | 330
भक्तपुर । भक्तपुर बार एशोसियशनको निर्वाचन भोलि शनिबार विहानबाट सुरु हुने भएको छ । भक्तपुर जिल्ला अदालत परिसरमा विहान ८ बजेदेखि २ बजेसम्म मतदान हुने जनाइएको छ ।
नेपाल बार एशोसियशन भक्तपुरमा २ सय ९२ जना सदस्य मतदाता रहेका छन् ।
मतदानबाट नयाँ कार्य समिति चयन हुनेछ । निर्वाचनमा ३ पक्षबीच प्रतिस्पर्धा हुने बताइएको छ । तथापि दुई पक्षवीच चर्को प्रतिस्पर्धा हुने अनुमान छ । नेपाली कांग्रेस निकटको एउटा सिंगो प्यानल र विद्रोही कांग्रेसकै नेतृत्वमा नेकपा एमाले, नेकपा माओवादीलगायतका प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक गठबन्धनको संयुक्त प्यानलवीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
नेपाल मजदुर किसान पार्टी निकटको कानून अध्ययन समाजकोतर्फबाट भने अध्यक्षमा गम्भीरमान ज्याख्वको नेतृत्वमा अर्को प्यानल पनि चुनावी मैदानमा छ ।
